काठमाडौं । मेगा क्यापिटलले कोभिड १९ का कारण ग्राहक सेवा काउन्टर बन्द गरेको छ । क्यापिटलले अर्को सूचना जारी नभएसम्मका लागि काउन्टर सेवा बन्द गरेको हो । काउन्टर सेवा बन्द गरे पनि अनलाइन सेवा भने सुचारु गर्ने भएको छ ।
क्यापिटलले कम्पनीको वेवसाइट तथा आधिकारिक फेसवुक पेज मार्फत अनलाइन सेवा प्राप्त गर्न अनुरोध गरेको छ । डिम्याट र मेरोशेयर खाता सम्बन्धी गुनासो, पासवर्ड परिवर्तन तथा खाता सम्बन्धी अरु विवरण परिवर्तन गर्नु पर्नेमा पनि अनलाइन मार्फत नै गर्न सकिने क्यापिटलले जनाएको छ ।
पछिल्लो समय कोभिड १९ को संक्रमण ह्वात्तै बढेकाले प्राय बैंक वित्तीय संस्था तथा मर्चेन्ट बैंकका सम्पुर्ण कर्मचारीहरु उच्च जोखिममा छन् । प्रायलाई कोरोना संक्रमण देखिइसकेको हुँदा लगभग सबैले सेवा नै ठप्प गर्नु पर्ने बाध्यता सिर्जना भइरहेको छ ।