काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सोमवार नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले २० प्रतिशत बोनश शेयरको समायोजनपछि शेयर मूल्य ८६५ रुपैयाँ ८३ पैसा कायम गरेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् आइतवार कायम अन्तिम शेयरमूल्य १ हजार ३९ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ सोमवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५३ प्रतिशत नगद लाभांश (कर समेत) पारित गर्न माघ १४ गते सातौँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले नौबिसे एग्रो रिसोर्ट, नौबिसे, धादिङमा बिहान ११ बजे अनलाइन मार्फत उक्त सभा शुरु हुने जानकारी दिएको छ ।