IME Life New

जनउत्थान सामुदायिक लघुवित्तको ११औं वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ११औं वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष् बाबुराम बिश्वकर्माको अध्यक्षतामा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. ०९, कालिकापथ स्थित होटल न्यू ईरामा सम्पन्न भएको छ । कोभिड‐१९ संक्रमण जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाई सम्पन्न भएको हो ।

वार्षिक साधारण सभाको औपचारिक उद्घाटन गर्दै संस्थाका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष डा. मानबहादुर बीकेले साधारण सभा सम्पन्नताको शुभकामना दिदै समाजबादउन्मुख अर्थतन्त्रनिर्माण गर्ने हो भने राज्यले नीतिगत रुपमा राज्यले अंगिकार गरी लघुवित्त प्रर्वधनतर्फ ध्यानदिनु पर्ने देखिन्छ भन्दै लघुवित्तको पहिचानभनेकै जस्तो सुकै महामारी चाहे स्वास्थ्य माहामारी होस, चाहे औद्योगिकमहामागरी होस, चाहे प्राकृतिक विपत्ति नै किन नहोस हरेक सुख दुखमा समुह सदस्यहरुलाई उनीहरु कै घर दैलोमा पुगी लाभ पु¥याउनु हो यो कार्यमा जनउत्थान उदाहरणीय रहेको बताए ।

Esewa
Crest

उक्त वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहितआ.व. २०७७/०७८को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसुचिहरु पारित गर्नुका साथै सञ्चालक समितिकोे प्रस्ताव बमोजिम आ.व. २०७७/०७८ को मुनाफाबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु.११ करोड ८३ लाख २४ हजार ८ सयको १.३१५७ प्रतिशतले हुन आउने रकम रु.१५ लाख ५६ हजार ९ सय ६ रुपैया नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने र २५ प्रतिशतले हुने रकम रु.२ करोड ९५ लाख ८१ हजार २ सयबरावरको बोनस शेयर जारी गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

संस्थाको अधिकृत पूँजी रु १५ करोडबाट बृद्धि गरी रु ५० करोड पु-याउने, नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिईसंस्थाको कार्यक्षेत्र १९ जिल्लाबाट विस्तार गरि राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने, वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ती÷समाहित गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदानगर्नेलगायतका महत्पूर्ण निर्णयहरु सर्वसम्मतिले पारित गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माले विश्वव्यापीमहामारीको रुपमा फैलिईरहेको कारोना भाईरस काविभिन्न भेरियन्टहरुले विश्व समुदायलाई अझै पनि आक्रान्तबनाई रहेको विद्यमान विषम् परिस्थितीमा समेतवित्तीय संस्थाले प्रवाह गर्ने गुणस्तरीय सेवामा कुनै पनि प्रकारको कमी महशुस नगराई आफ्ना गतिविधिहरु सञ्चालन गरी रहेको र आगामी दिनमा समेत सो विषयमा पूर्ण सचेत रहीकार्यहरु गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS