काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट प्रस्ताव गरेको कुल १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव प्रस्ताव पारित गरेको छ ।
कम्पनीको मंसिर १५ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ८६ करोड ४० लाखको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
कम्पनीले गत वर्षभन्दा यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि ३ दशमलव ४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।