IME Life New

आजदेखि बिक्रि गर्न थाल्यो एलआइसी नेपालले बाल समृद्दि नामक बीमा योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआइसी नेपालको पुतलीसडक स्थित मूख्य कार्यालयमा आज कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास, नायव प्रमुख कार्यकारी अधिकृत टी. बर्णवाल , सूचना प्रविधि प्रमूख  सञ्जीव अग्रवालले आफ्ना कर्मचारीहरू सँगै संयुक्त रुपमा बाल समृद्दि नामक बीमा योजनाको शुभारम्भ गरेका छन् ।

यो योजनामा १६ वर्ष उमेर पुरा नहुँदासम्म बुझाएको बीमा शुल्कले २० वर्ष उमेर हुँदासम्म जोखिम बहन हुनेछ । अधिकतम ११ वर्ष सम्म उमेर पुगेका बालबालिका यस योजानाको लागि बीमा योग्य हुन्छन् र बालबालिका १६ वर्ष पुगे पछि कुनै बीमा शुल्क बझाउनु पर्दैन र बालबालिकाको १६, १७,१८,१९ र २० औं जन्मदिन पछिको बीमा वर्ष दिवसमा बीमाङ्कको २० ५ को दरले अग्रिम रुपमा र अन्तिम वर्षमा आर्जित बोनश सहित रकम भुक्तानी हुने यस योजनाको विशेषता रहेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

त्यसै गरी कथमकदाचित प्रस्तावकको अस्वभाविक तवरले जीउ/ज्यान गएमा प्रत्येक बीमालेख महिना दिवसमा बीमाङ्कको १ ५ रकम मासिक आम्दानीको रुपमा भुक्तानी गर्दै बाँकी सम्पूर्ण बीमा शुल्कहरु मिनाहा भई बीमालेख चालू अवस्थामा रहने छ ।

मुख्य विशेषताहरुः
क) १६ वर्ष हुँदासम्म बुझाएको बीमा शुल्कले २० वर्ष हुँदासम्म जोखिम बहन हुने एक मात्र योजना
ख) प्रत्येक बीमालेख महिना दिवसमा बीमाङ्कको १ ५ रकम मासिक आम्दानी लाभको रुपमा भुक्तानी गरिने (यदि प्रस्तावकको मृत्यु भएमा)
ग) बालबालिकाको १६, १७,१८,१९ र २० औं जन्मदिन पछिको बीमा वर्ष दिवसमा बीमाङ्कको २० ५ को दरले र अन्तिम २० औं वर्षमा आर्जित बोनश सहित रकम भुक्तानी गर्ने धन फिर्ता योजना
घ) कुनै कारणले प्रस्तावकको मृत्यु भएमा सम्पूर्ण बीमा शुल्कहरु मिनाहा भई बीमालेख चालू अवस्थामा रहने
अन्य अवस्थाहरूः
न्यूनतम बीमाङ्कः रु. ५०,०००/-
अधिकतम बीमाङ्कः कम्पनीको जोखिमांकन नियमानुसार
न्यूनतम उमेर प्रवेशमाः ० वर्ष
अधिकतम उमेर प्रवेशः ११ वर्ष
बीमाशुल्क भुक्तानी अवधिः १६ वर्ष उमेर
बीमाशुल्क भुक्तानी तरिकाः एकल बीमाशुल्क भुक्तानी वा वर्षिक , अर्धवार्षिक, त्रैमासिक तथा मासिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS