Connect IPS
IME Life

नयाँ बीमा योजना ल्याउँदै एलआइसी नेपाल, एजेन्टहरुसँग गर्यो छलफल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आगामी बुधवार बजारमा ल्याउन लागेको बाल समृद्धि नामक बीमा योजनाबारे भावी रणनीति तयार गर्न एलआइसी नेपालले आफ्ना बरिष्ठ एजेन्टहरुँग काठमाडौंको पर्यटकिय स्थल चन्द्रागिरी रिसोर्टमा छलफल गरेको छ ।

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले बीमा अभिकर्ता बीमा व्यवसायका मेरुदण्ड हुन् । बीमा उत्पादनहरूलाई बजारमा पुर्‍याउन, ग्राहकहरूलाई बीमाको महत्व बारे प्रकाश पार्न र बीमा व्यवसायको दायरालाई फराकिलो बनाउन बीमा अभिकर्ताको अहम भूमिका रहेको भन्ने कुरामा जोड दिदैं अभिकर्तालाई नै सो नयाँ योजनाको बारेमा प्रष्ट पारे । बजारमा उक्त योजनालाई कसरी बढी भन्दा बढी विक्री गर्न सकिन्छ भन्ने रणनीति निर्माण गर्नको लागि यो कार्यक्रमको आयोजना गरिएको बताए ।

Prabhu
Crest

यस योजानामा बालबालिका १६ वर्ष हुँदासम्म बुझाएको बीमा शुल्कले २० वर्ष हुँदासम्म जोखिम बहन हुने , त्यसै गरी दुर्घटनावश कथमकदाचित प्रस्तावकको अस्वभाविक तवरले जीउ ज्यान गएमा प्रत्येक बीमालेख महिना दिवसमा बीमाङ्कको १ प्रतिशत रकम मासिक आम्दानीको रुपमा भुक्तानी गरिने र बाँकी सम्पूर्ण बीमा शुल्कहरु मिनाहा भई बीमालेख चालू अवस्थामा रहने कम्पनीले जनाएको छ ।

त्यसैगरी बालबालिका १६ वर्ष पुगे पछिको १६, १७,१८,१९ र २० औं जन्मदिन पछिको बीमा वर्ष दिवसमा बीमाङ्कको २० प्रतिशतका दरले अग्रिम रुपमा रकम भुक्तानी धन फिर्ता पनि गरिने यस योजनाको विशेषता रहेको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS