Connect IPS
IME Life

महालक्ष्मी विकास बैंकको साधारणसभा स्थगित, कोरम पुगेन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंकको साधारणसभा स्थगित भएको छ । साधारणसभाका लागि गणपुर संख्या नपुगे पछि साधारणसभा हुन नसकेको हो । साधारणसभाका लागि ५१ प्रतिशत शेयरधनीहरुको प्रतिनिधित्व हुनु पर्छ । तर यति बराबर पनि नपुगे पछि रोकिएको हो ।

बैंकले आज साधारणभाका लागि शेयरधनीहरुलाई आह्वान गरेको थियो । सञ्चालकका विषयमा विवाद भए पछि संस्थापक शेयरधनीहरुले प्रतिनिधित्व नजनाउदा साधारणसभा हुन नसकेको हो । बैंकले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट २१ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १ दशमलव ०५२६ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेकोमा साधारणसभा नहुँदा आज पारित हुन पाएन ।

Prabhu
Crest

बैंकले संस्थापक समुहबाट ३ जना र सर्वसाधारण समुहबाट ३ जना गरि ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव रहेकोमा सर्वोच्चमा मुद्दा परेपछि निर्वाचन प्रकृयाँ पनि रोकिएको छ । साधारणसभा तथा लाभांश प्रयोजनको लागि पुस १३ गते बुक क्लोज भइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS