काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले माघ ७ गतेदेखि निष्काशनको तयारी गरेको १५० प्रतिशत हकप्रद शेयर आजसम्म शेयर खरिद गर्नेले पाउने छन् । बैंकले हकप्रद निष्काशन प्रयोजनका लागि पुस २६ गते बुक क्लोज गर्दैछ ।
बैंकले माघ ७ गतेदेखि माघ २७ गतेसम्म हकप्रद शेयर निष्काशन गर्दैछ । प्रतिकित्ता १०० रुपैयाँको दरमा ३० लाख कित्ता शेयर जारी गर्ने भएको हो । हाल बैंकको चुक्ता पूँजी २० करोड रुपैयाँ छ । हकप्रद शेयर निष्काशन पछि बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्ने छ । जसमा संस्थापको हिस्सा ७० प्रतिशत रहेको छ भने सर्वसाधारणको ३० प्रतिशत छ ।
हकप्रद शेयर निष्शन तथा बिक्री प्रवन्धकमा सिभिल क्यापिटल रहेको छ । शेयरधनीहरुले आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक वित्तीय संस्थाका साथै मेरो शेयरको अनलाइन एप्लिकेसनबाट पनि आवेदन दिन सक्ने छन् ।