काठमाडौं । गरिमा विकास बैंकले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले १६ प्रतिशतले हुन आउने ६३ करोड १७ लाख ९ हजार २ सय ९६ रुपैयाँ ८१ पैसा बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।