IME Life New

बीमा कम्पनीहरुको शाखा विस्तारसँगै पहुँचमा पनि वृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रिना खत्री 
बीमा कम्पनीहरु बढेसँगै बीमा बजारको पहुँचमा समेत सु्धार आएको छ ।बीमा समितिको आँकाडा अनुसार यसको पहुँच १२ बाट १४ प्रतिशतमा पुगेको छ । बीमाको क्षेत्रमा कम्पनीहरु बढेसँगै यसको शाखा विस्तार पनि बढेको छ । कुनाकाप्चासम्म कम्पनीहरु पुग्दैछन् ।

Esewa
Crest

बीमा बजार बढेसँगै रोजगारीको पनि सिर्जना भएको छ । हाल जीवन बीमाको क्षेत्रमा १९ वटा कम्पनीहरु रहेका छन् भने निर्जिवन बीमाको क्षेत्रमा २० वटा कम्पनीहरु रहेका छन् ।कम्पनीहरु बढेसँगै यसको पहुँचमा वृद्धि आउनुको साथै रोजगारको वातावरण पनि यसले सिर्जना गरेको छ ।

बीमा समितिको तथ्याङक अनुसार २०७५/७६ को मसिंरमसान्तसम्मको तथ्याङक अनुसार जीवन बीमा कम्पनीहरुको उपत्यका भित्र र बाहिर केन्द्रिय कार्यालय र शाखा कार्यालयको संख्या १ हजार २ सय ६९ वटा रहेको छ । बीमा समितिको तथ्याङक अनुसार यसै गरि जीवन बीमामा रहेको कर्मचारीहरुको सङख्या चार हजार एक सय ९ रहेको छ ।
जसमा बीमा अभिकर्ताको  सङख्या मसिंर महिनासम्मको आकाँडा अनुसार चार लाख ३९ हजार चार सय ४१ जना रहेको थियो ।

समितिको तथ्याङक अनुसार २०७५/७६ को आकाँडा अनुसार निर्जिवन बीमा कम्पनीहरुको उपत्यका भित्र र बाहिर केन्द्रिय कार्यालय र शाखा कार्यालयको ३ हजार ७४ वटा रहेको छ ।बीमा समितिको तथ्याङक अनुसार यसै गरि निर्जिवन बीमामा रहेको कर्मचारीहरुको सङख्या ३ हजार९ सय ९६ कर्मचारी रहेको छ । जसमा बीमा अभिकर्ताको सङख्या मसिंर महिनासम्मको आकाँडा अनुसार ३ हजार २२ जना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS