IME Life New

बैंक अफ काठमाण्डूले ल्यायो रेमिट बचत तथा मुद्दती खाता, यस्ता छन् सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डूले विदेशमा रहेका नेपालीलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले बिओके रेमिट बचत खाता तथा मुद्दती खाता सार्वजनिक गरेको छ । “श्रम विदेशमा प्रतिफल स्वदेशमा” भन्ने मुलनाराका साथ विदेशमा श्रम गरिहेका नेपालीहरुलाई उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले उक्त बचत खाता तथा मुद्दती खाता संचालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकका अनुसार विदेशमा बसि श्रम गरिरहेका नेपालीले उक्त बचत तथा मुद्दती खाता खोल्न सक्ने छन्। मुद्दती खाता खोल्दा ग्राहकहरुले ११ दशमलव ०५५ वार्षिक ब्याजदर पाउने छन् ।

Esewa
Crest

साथै, बिओके रेमिट बचत खातामा उच्चतम् ब्याजदरको प्रतिफल सहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा ५०५ को छुट तथा अन्य आर्कषक बिशेषताहरुको उपयोग गर्न सक्ने छन्।

बैंकले सार्वजनिक गरेको उक्त बचत खाता तथा मुद्घती खाताले विदेशमा श्रम गरि आर्जन गरेको रकमको उच्चतम् प्रतिफलका साथै सहज बैंकिङ्गको अनुभव लिन पाउने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS