Connect IPS
IME Life

रिलायबल नेपाल लाइफद्धारा २१ लाख ५० हजार मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड दोलखा शाखाले मृत्यु दाबी बापतको रकम भुक्तानी गरेको छ । कम्पनीले भीमेश्वर नगरपालिका वडा नं ६ सिमपानी निवासी तिर्थ बहादुर खत्रीको मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीले भीमेश्वर नगरपालिका वडा नम्बर ६ सिमपानी चरिकोटमा मृतक परिवारको घरमा गई मृतकका श्रीमती शशि कला बुढाथोकीलाई २१ लाख ५० हजार रुपौयाँको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

उक्त रकमको चेक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स चरिकोट शाखाका शाखा प्रमुख लुइँटेल र सोही कम्पनीमा कार्यरत फाइफ इन्स्योरेन्सको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रुक्मणी सिवाकोटी , पहिलो एमडिआरटी प्रकाश बहादुर कार्कीले मृतककि श्रीमती शशि कला बुढाथोकीलाई प्रदान गरे ।

मृतक तिर्थ बहादुर खत्रीले २०७७ चैत्र २० गते रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दोलखा शाखामा रिलायबल सुलभ जीवन बीमा गरेका थिए । बीमित खत्रीको केही महिना अघि मात्र उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । उनले पहिलो किस्ता र दोस्रो किस्ता बापत २ लाख १२ हजार ५ रुपैयाँ बीमा कम्पनीलाई बुझाएका थिए ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS