IME Life New

पुर्ण अशक्तता पछि सूर्या लाइफले बीमितलाई गर्यो ५ लाखको दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको कावासोती शाखाले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरि मध्यविन्दु नगरपालीका वडा नं. २ का विमित खेम बहादुर थारुलाई घरमै गई उक्त दाबी रकम हस्तान्तरण गरेको हो । वैदेशिक रोजगारको क्रममा पक्षघात भई विरामी भएका थारुलाई बैदेशिक रोजगारको म्यादि बीमा अन्तर्गतको पुर्ण अशक्त भएबापतको बीमा दावी रकम भुक्तानी गरेको हो ।

कावासोती शाखाका शाखा प्रमुख टोप बहादुर राना मगर, एजेन्सि म्यानेजर एवं मध्यविन्दु नगरपालिकाका रोजगार संयोजक शुभ राना, सुचना आप्रवासन (सामी)का सहजकर्ता टिका काफ्ले, एजेन्सि म्यानेजर लिला वल्लव कंडेलको उपस्थिति चेक हस्तान्तरण गरिएको हो । बीमित थारुको अशक्तता वापतको रकम ५ लाख रुपैयाँ हस्तान्तरण गरिएको शाखा प्रमुख रानाले बताए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS