IME Life New

अभिकर्ताको अवरोध पछि नेपाल लाइफका सञ्चालक कार्यक्रम नै नगरी काठमाडौं फर्किए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफका अभिकर्ताको अवरोध पछि कम्पनीका सञ्चालक सहित पुर्वका शाखा प्रमुखहरुको गोष्ठी नै स्थगित भएको छ । अभिकर्ताले पुस ८ गते बिहीबार कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीलाई तीन घण्टा नियन्त्रणमा लिएर हिजो शनिवार सञ्चालकहरुलाई भेटाइदिने सर्तमा छोडिदिएका थिए ।

तर सञ्चालकहरुले अभिकर्ताहरुलाई भेट्दै नभेटी कार्यक्रम नै स्थगित गरेर काठमाडौं फर्किएका छन् । मेची क्राउन प्लाजामा भेट्ने सल्लाह भएकोमा उनिहरु सम्पर्कमै नआएर कार्यक्रम नै स्थगित गरेर बाहिरिएका हुन् ।

Esewa
Crest

उनिहरुले सञ्चालक कमलेश कुमार अग्रवाललाई फोन गरेर भेट्न आग्रह गर्दा समेत उनले नमानेको नेपाल लाइफ अभिकर्ता संघर्ष समितिका ओम केसीले जानकारी दिए । संचालकले ३६५ दिनमा १३८ दिन बैठक बसेर २९ लाख लिन हुने अभिकर्तालाई भेट्न नसक्ने भन्दै फोनमै आक्रोसित भएका थिए । झापामा भेट्न नमाने पछि संघर्ष समितिले काठमाडौं मै आएर थप संघर्षका कार्यक्रम गर्ने जनाएका छन् । पछिल्लो समय नेपाल लाइफका अभिकर्ताहरु कम्पनीको हर्कत देखेर रुष्ट छन्

अभिकर्ताको नियन्त्रणका क्रममा कार्यबाहक सिइओ चौधरीले सञ्चालकहरुलाई नभेटाइदिए आफुले पदबाट राजिनामा  दिनेसम्मको प्रतिवद्धता व्यक्त गरेका थिए । तर आक्रोशित अभिकर्तालाई भेट्दै नभेटी अध्यक्ष गोविन्दलाल संघाइ, सञ्चालकहरु कमलेश कुमार अग्रवाल, विमल प्रसाद ढकाल सहित उच्च व्यवस्थापन तहका कर्मचारीहरु सुशिल कुमार चौधरी, दिगबिजय सिङ्गल, प्रेम प्रसाद रेग्मी र बन्दना शर्मा शिवाकोटी फर्किएका हुन् ।

यो टोलि कम्पनीको खर्चमा पोखरा, लुम्बिनी, विरगञ्ज, कलैया लागयतका विभिन्न स्थानमा घुमघाम तथा भेटघाट सकाउदै झापाको दमकमा पुगेका थिए । यसरी कम्पनीको सामान्य गोष्ठी तथा सेमिनारमै खुलेआम हिड्न थाले पछि कम्पनीका अभिकर्ताहरुले उनिहरुलाई अवरोध गर्दै आइरहेका छन् । उनिहरुले यस अगाडी गोरखा र पोखराको कार्यक्रममा पनि अवरोध गरेका थिए ।

अभिकर्ताहरुले आफ्नो सेवा सुविधा कटौती गर्नका लागि टार्गेट बढाएको, राम्रा र लोकप्रिय बीमा पोलिसी बन्द गराएको, नयाँ पोलिसी मंहगो बनाएर बच्नै नसक्ने बनाएको, बीमा पोलिसीदर घटाउन खोजेको भन्दै विरोध जनाउदै आएका छन् । कम्पनीको उच्च व्यवस्थापनमा सञ्चालकको हस्तक्षेपले कम्पनी खोक्रो पारेको उनिहरुको आरोप छ ।

दमकमा नेपाल लाइफका निमित्त सिइओ चौधरी अभिकर्ताको नियन्त्रणमा, तीन घण्टा होटलमै थुनिए

भत्ताकै लागि बैठक बस्छन् नेपाल लाइफका सञ्चालक, कमलेश अग्रवाल एक्लैले १३८ मिटिङ बापत बुझे २९ लाख

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS