Connect IPS
IME Life

हिमालयन बैंकको साधारणसभा पुस ३० गते, के के छन् एजेण्डा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकले पुस अन्तिम अर्थात ३० गते ३९ औ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आफ्नै केन्द्रिय कार्यालय कमलादीमा भर्चुअल माध्यमबाट साधारणसभा गर्ने भएको छ । सभाले सञ्चालक समितिबाट प्रस्ताव भएको २१.३८ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित ४.६२ प्रतिशत नगद लाभांशलाई पारित गर्नेछ ।

सभाले नेपाल इन्भेष्टमेन्ट बैंक सँग एक बराबर एकको अनुपातमा मर्ज गर्ने प्रस्ताव स्वीकृतका लागि पनि सभामा पेश गर्ने भएको छ । सभाले मर्जका लागि तयार पारिएको डिडिए प्रतिवदेन पनि स्वीकृतिका लागि साभामा पेश गर्नेछ ।

Prabhu
Crest

सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन उपर छलफल गरि पारित गर्ने प्रस्ताव रहेको छ । त्यस्तै लेखापरीक्षण प्रतिवेदन, वित्तीय विवरण, नाफा नोक्सान नगद प्रवाह विवरण उपर छलफल गरि पारित गर्ने सामान्य प्रस्ताव रहेको छ ।

साधारणसभा प्रयोजनका लागि बैंकले पुस ११ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक सँग मर्जर संझौता भए पछि बैंकको शेयर कारोबार बन्द छ । यसले गर्दा प्रस्तावित लाभांश संझौता भन्दा अगाडीकै शेयरधनीले मात्रै प्राप्त गर्नेछन् ।

बैंकको हालको चुक्ता पूँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनश शेयर पछि बैंकको चुक्ता पूँजी १२ अर्ब ९६ करोड रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS