IME Life New

स्वाभिमान लघुवित्तको ३४% लाभांश आज पारित हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आज पाँचौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय, रुपन्देहीमा अपरान्ह्र १ बजेदेखि भर्चुअल माध्यमबाट शुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ३२ दशमलव ३० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ७० प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, सभाले संस्थापक शेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको अधिकृत जारी तथा चुक्तापूँजी वृद्धि गरी सोही अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, अन्य कुनै इजाजत प्राप्त लघुवित्तसँग मर्जर वा प्राप्ति गर्न परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि मंसिर २३ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा मंसिर २२ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS