IME Life New

लाभांश पारित गर्न गुडविल फाइनान्सले बोलायो एजिएम, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुडविल फाइनान्सले पुस २९ गते बिहिबार साधारणसभा आह्वान गरेको छ। कम्पनीले उक्त सभा रविभवन स्थिति होटेल क्राउन इम्पेरीयलमा गर्ने जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ९ दशमलव १ प्रतिशतले हुन आउने ७ करोड ८९ लाख १५ हजार २ सय रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत गरि ३ दशमलव ९ प्रतिशतले हुन आउने ३ करोड ३८ लाख २० हजार ८ सय रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १३ प्रतिशतले हुन आउने ११ करोड २७ लाख ३६ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन,लेखा परीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण, लेखा समितिको सिफारिस बमोजिम आथिृक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रामिक निर्धारण गर्ने । (वर्तमान लेखापरीक्षक श्री विदुर एशोसियट्स पुनः नियुक्ती गर्न नमिल्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले प्रवन्ध पत्र तथा नियमावलीमा पारित गरिएको संशोधन प्रस्तावमा नियमकारी निकायबाट कुनै फेर बदल, थपघट गर्न निर्देशन बा सुझाव भएमा सोही बमोजिम गर्न संचालक समिति वा संचालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १६ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS