IME Life New

सन नेपाल लाइफले दियो मृतकको परिवारलाई ११ लाख दाबी वापतको रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गुल्मी शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वार्ड नं३ निवासी धन बहादुर झाँक्रीको परिवारलाई १० लाख रुपैयाँ बीमाङ र किरिया खर्च तथा अन्य खर्च वापत १ लाख रुपैयाँ गरी जम्मा ११ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो ।

उक्त रकम बराबरको चेक रेसुङ्गा नगर प्रमुख डिल्लीराज भुसाल विभिन्न वार्डका वडाध्यक्ष, कम्पनीका अभिकर्ताहरु, रेसुङ्गा नगरपालिका स्थानिय र कम्पनीका कर्मचारीहरुको उपस्थितमा बीमित स्व.धन बहादुर झाँक्रीको श्रीमती कविता राना झाँक्रीलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको जनाएको छ ।

Esewa
Crest

स्व. झाक्री वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेवीयामा कार्यरत रहेको र निजको नेपाल आएको समयमा कारडियो – प्लुमनरी अरेस्टबाट मृत्यु भएको थियो ।

रेसुङ्गा नगर प्रमुख भुसालले सहज तरिकाले बीमितलाई मृत्यु दावी भुक्तानी दिएकोमा सन नेपाल लाइफ इन्स्योरेन्सलाई धन्यवाद दिदै सबैले आफ्नो क्षमता अनुसार जीवन बीमा गर्नुपर्ने बताएका छन् ।

गुल्मी कार्यालय प्रमुख सन्तोष कुँवर क्षेत्रीले देशवासी सम्पूर्ण जनताले जीवन बीमाको महत्व समयमा नै बुझी जीवन बीमा गराएमा, बीमा मान्छको बुढेसकालको साहारा हुने, आर्थिक सुरक्षा हुने, आश्रित परिवारको सुरक्षा हुनका साथै अवको १५र२० वर्षमा कोही पनि गरीवीमा छटपटाउनु नपर्ने स्थिति सिर्जना हुने कुरा बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS