Connect IPS
IME Life

एनएमबि बैंक बन्यो दुई जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि बैंकले दुई वटा जलविद्युत आयोजनामा मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गर्ने भएको छ । उक्त कम्पनीले १३ दशमलव ५ मेगावाट तथा १२ मेगावाटका क्रमश: सुपर कावेली खोला ए जलविद्युत् आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत् आयोजनामा मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गर्ने भएको हो ।

प्रदेश नं १ अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भइरहेको सुपर कावेली खोला – ए जलविद्युत् आयोजना तथा सुपर कावेली खोला क्यासकेड जलविद्युत् आयोजनाहरु क्रमशः स्नो रिभर्स प्रालि तथा हिल्टन हाइड्रो इनर्जी प्रालिद्वारा निर्माण भइरहेको छ ।

Prabhu
Crest

उक्त आयोजनाहरुमा एनएमबि बैंक अगुवा बैंक रहेको छ भने सह वित्तीयकरणमा सहभागी अन्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ । १३ दशमलव ५ मेगावाट (सुपर कावेली खोला ए जलविद्युत आयोजना) तथा १२ मेगावाट (सुपर कावेली खोला क्यासकेड जलविद्युत आयोजना) क्षमता भएको आयोजनाहरुको कुल लागत क्रमशः २ अर्ब ४१ करोड रुपैयाँ तथा २ अर्ब १४ करोड रुपैयाँ रहेको छ । जसमध्ये ती बैंकहरुको लगानी क्रमशः १ अर्ब ८९ करोड रुपैयाँ तथा १ अर्ब ६७ करोड रुपैयाँ रहने जानकारी गराइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS