IME Life New

एफपिओ निष्काशन गर्ने प्रस्ताव सहित उन्नति सहकार्यले बोलायो एजिएम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले पुस २८ गते साधारणसभा गर्ने भएको छ । सभा भैरहवाको होटेल मौर्यामा सगर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ३० प्रतिशतले हुन आउने ५ करोड २८ लाख ५० हजार ९ सय ११ रुपैयाँ ९१ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । सभाले उक्त प्रस्ताव पनि पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै कम्पनीको सभामा एफपिओ निष्काशन प्रस्ताव पेश हुनेछ। कम्पनीले एक करोड ७८ लाख ४५ हजार एक सय अठार पैसा बराबरको एफपिओ निष्काशन प्रस्ताव गरेको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणलगायत वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ ।

त्यसैगरी सभाले कम्पनी ऐन,२०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने, प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभामा सञ्चालकको भत्ता तथा सुविधा बृद्धि गर्ने, भविष्यमा वित्तीय संस्थाले अन्य इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय सस्थाहरुलाई गाभ्ने वा संस्थाहरुसंग गाभिने, गाभ्ने गाभिने वा प्राप्ति गर्ने प्राप्ति हुन जाने प्रयोजनार्थ उपयुक्त देखिएमा सोसँग सम्बन्धित आवश्यक सम्पूर्ण कारबाही अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान र्गे लगायतका प्रस्ताव पेश हुनेछन् ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS