IME Life New

नेपाल इन्भेष्टमेण्ट बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ३ दशमलव ३९ प्रतिशत नगद लाभांश आफ्ना शेयरधनीलाई वितरण गर्न शुरु गरेको छ । कम्पनीले मंसिर १७ गते सम्पन्न ३५औं वार्षिक साधारण सभाबाट पारित गरेको नगद लाभांश शेयरधनीका बैंक खातामा पठाएको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजी १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० को आधारमा १२ दशमलव ६१ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत ३ दशमलव ३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

Esewa
Crest

बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचीकरण पश्चात सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामै जम्मा हुनेछ भने कर कटाएर बाँकी नगद लाभांश भने कम्पनीले सम्बन्धित शेयरधनीहरुको बैंक खातामै जम्मा गर्न शुरु गरेको बताएको छ ।

कम्पनीले मंसिर ६ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराइसकेका शेयरधनीहरुको हकमा सम्बन्धित बैंक खातामै नगद लाभांश जम्मा गरिरहेको र सो अवधिपश्चात बैंक खाता अद्यावधिक गराउनेहरुको हकमा समेत क्रमश जम्मा गरिदैं जाने बताएको छ ।

हालसम्म पनि बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई यथाशिघ्र बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS