Connect IPS
IME Life

नेप्सेमा तीन कम्पनीको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड, प्रभु बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ । यी तीन कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि आइतवार बुक क्लोज भएसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनश शेयरको समायोजनपछि शेयर मूल्य १३ सय ३३ रुपैयाँ ३३ पैसा तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयर मूल्य १५ सय ६० रुपैयाँको आधारमा शेयर मूल्य समायोजन भएको हो ।

Prabhu
Crest

मनकामना स्मार्ट लघुवित्तले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस १९ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ ।

त्यस्तै, नेप्सेले प्रभु बैंकको १२ प्रतिशत बोनश शेयरको समायोजन पश्चात मूल्य २९४ रुपैयाँ ७३ पैसा तोकेको छ । बिहीवार कम्पनीको शेयर प्रतिकित्ता ३३० रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो ।

प्रभु बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३५ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न प्रभु बैंकले पुस १८ गते वार्षिक साधारण सभा बोलाएको छ ।

त्यसैगरी, नेप्सेले सनराइज बैंकको ६ दशमलव ६५ प्रतिशत बोनश शेयरको समायोजनपछि शेयर मूल्य २५४ रुपैयाँ १० पैसा तोकेको छ । कम्पनीको बिहीवार कायम अन्तिम शेयर मूल्य २७१ रुपैयाँको आधारमा शेयर मूल्य समायोजन भएको हो ।

सनराइज बैंकले यस वर्ष ६ दशमलव ६५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारित गर्नका लागि कम्पनीले १४औं वार्षिक साधारण सभा पुस १५ गते बोलाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS