Connect IPS
IME Life

बैंकहरुले टेर्न छाडेपछि सिडी रेसियोको कार्यान्वयनमा राष्ट्र बैंक थप आक्रामक, कर्जा प्रवाह ठप्प हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकहरुले क्षमता भन्दा बढि कर्जा विस्तार गर्न थाले सँगै राष्ट्र बैंक सिडी रेसियोको कार्यान्वयनमा थप आक्रामक देखिएको छ । मौद्रिक नीति मार्फत २०७८ असार मसान्त भित्र सिडी रेसियो ९० प्रतिशतमा झार्न निर्देशन दिएको थियो । तर बैंकहरुले असार भित्रमा कायम गर्नु पर्ने त हो नि भन्दै सिमा नघाएर कर्जा विस्तार गरिरहेका छन् ।

गत साउन अन्तिममा जारी भएको मौद्रिक नीति पछिका हरेक महिनामा बैंकहरुको सिडी रेसियो बढिरहेको छ । नीति अनुसार बैंकहरुले सिडी रेसियो ९० प्रतिशत भन्दा तल राख्नु पर्ने हुन्छ । तर अहिले बाणिज्य बैंकहरुको औषत सिडी रेसियो ९१.४९ प्रतिशत छ । हरेक महिनामा यस्तो अनुपात बढ्न थाले पछि राष्ट्र बैंकले बिहीबार बैंकहरुसँग मासिक रुपमा अनुपालना हुने गरि कार्ययोजना पेश गर्न निर्देशन दिएको छ ।

Prabhu
Crest

राष्ट्र बैंकले मौद्रिक नीतिमा ‘२०७९ असार मसान्तभित्र कर्जा निक्षेप अनुपात ‘सिडी रेसियो’ ९० प्रतिशतमा झारिसक्नु पर्नेछ’ भनेको थियो । तर हिजो बिहीबार सोही निर्देशनलाई थप तथा परिमार्जन गर्ने क्रममा ‘यसका लागि तोकिएको कर्जा निक्षेप अनुपातको अनुपालनाको लागि मासिक रुपमा अनुगमन हुने गरी निक्षेप परिचालन र कर्जा प्रवाहलाई व्यवस्थित गर्नुपर्नेछ’ भनेको छ । यसै क्रममा २०७९ असार मसान्तसम्ममा यस अनुपातलाई निर्धारित सीमा भित्र कायम गर्न आवश्यक कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंक समक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्नेछ भनिएको छ ।

अवदेखि बैंकहरुले निर्धक्कका साथ मनलाग्दी कर्जा विस्तार गर्न नपाउने भएका छन् । उनिहरुले कर्जा विस्तार गर्नु अगाडी सिडी रेसियोलाई हेर्नु पर्नेछ । असार मसान्त भित्रको अन्मित मितिलाई मिचेर उनिहरु अगाडी बढ्न नपाउने भएका हुन् । मासिक रुपमा अनुगमन गर्नु पर्नेछ भन्ने वित्तीकै उनिहरुले अहिले नै अहिलेको सिमा भन्दा बाहिर गएर कर्जा विस्तार गर्न नपाउने भएका हुन् ।

राष्ट्र बैंकको यस्तो निर्देशनले लगभग कुनै पनि बैंकहरुले नयाँ कर्जा प्रवाह गर्नै नपाउने अवस्था शिर्जना हुने भएको छ । औषतमै ९१.४९ प्रतिशत पुगिसकेको हुँदा अधिकाम्सको ९० प्रतिशत भन्दा माथि छ । कतिपयको ९० प्रतिशत हाराहारीमा छ । त्यसैले गर्दा थप कर्जा विस्तार हुने अवस्था छैन ।

थप कर्जा विस्तार नहुने वित्तीकै बैंकिङ प्रणालीमा समस्या चुलिने भएको छ । बैंकहरुलाई पुर्ववत रुपमा एग्रिमेन्ट गरिसकेका कर्जाको निकासामा पनि समस्या देखिने भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS