काठमाडौं । कृषि विकास बैंकले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७र७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरि १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१ दशमलव ०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
नेपाल राष्ट्र वैकको स्वकृती प्राप्त भए पश्चात प्रस्तावित लाभांशमा लाग्ने कर १ दशमलव ०५२६ प्रतिशतले हुने नगद लाभांश प्रदान गर्ने र नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको हो।
अब नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्ताले पाउनेछन् ।