काठमाडौं । सेन्ट्रल फाइनान्सले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको हिजो बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ दशमलव ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरि ३ दशमलव ३ प्रतिशत नगद लाभांश गरि कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।