Connect IPS
IME Life

आज एकै दिन चार कम्पनीले साधारण सभा गर्दै, के-के छन् प्रस्ताव ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमाण्डू, नेपाल इन्फ्रास्टक्चर बैंक र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र इक्रा नेपालले आज साधारण सभा गर्दैछन् । बैंक अफ काठमाण्डूले बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सभा गर्ने जानकारी दिएको छ ।

सभाले १० प्रतिशत बोनस शेयर र चार प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर १० गते देखि २९ गतेसम्म बन्द गरेको छ ।

Prabhu
Crest

त्यसैगरी शाइन रेसुङ्गा डेभलपमण्ट बैंकले बिहान ११ बजे महाराजा रिसोर्ट प्रालि बुटवल उपमहानगरपालिका ११ रुपन्देहीमा गर्ने जानकारी दिएको छ ।

सभाले १० दशमलव ९३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १७ गते देखि २९ गते सम्म शेयरधनीदर्ता पुस्तिका बन्द गरेको छ ।

त्यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैकले बिहान ९ बजे अनुपम फुडल्याड ब्याक्वेंट बत्तीसपुतलीमा सभा गर्न लागेको जानकारी दिएको छ । सभाले ८ प्रतिशत बोनस शेयर र शून्य दशलमव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर ९ गते एक दिन बन्द गरिसकेको छ ।

त्यसैगरी इक्रा नेपाल लिमिटेडको नवौं वार्षिक साधारण सभा आज मसिर २९ गते हुने भएको छ । सभा एलोफ्ट, ठमेल, काठमाडौंमा दिउँसो २ बजे शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले संचालक समितिको तर्फबकाट प्रस्तुत हुने आर्थिक वर्ष २०७७ /७८ को वार्षिक प्रतिवेदन माथि छलफल गर्ने,लेखापरिक्षकसहितको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने एजेण्डा पारित हुनेछ ।

साथै, सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनश शेयर र ३१ दशमलव ३२३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश भई पारित हुनेछ ।

त्यस्तै, सभाले सञ्चालक समितिको निर्वाचन गर्ने, कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि गरी सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS