IME Life New

प्रभु लाइफको क्रेडिट रेटिङ स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इक्रा नेपालले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडलाई इक्रा एनपि आइआर बिबि प्लसको रेटिङ पुनः पुष्टी गरेको छ। रेटिङ एजेन्सी ईक्रा नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘यस्तो रेटिङ भएका जारीकर्ताहरूले वित्तीय दायीत्वहरु समयमै पूरा गर्ने सन्दर्भमा मध्यमस्तरको जोखिम मानिन्छ। प्लस वा माइनसको चिन्हले मूल्याङ्कन चिन्हहरूमा जोडिएको मूल्याङ्कन कोटिहरुभित्र तिनीहरुको सापेक्ष स्थितिलाई जनाउँछ। यसरी, बिबि प्लसको मूल्याङ्कन बिबिभन्दा एक अंक उच्च छ।

प्रभु लाइफ इन्स्योरेन्सको सावधिक योजनाहरूमा उच्च केन्द्रिकृत छ जसले यसको व्यवसायको लगभग ९३ प्रतिशत हिस्सा ओगटेको छ। सावधिक योजनाहरु जीवन बीमाकर्ताहरुको लागि दीर्घकालीन दायीत्व मानिन्छ।

Esewa
Crest

इक्रा नेपालले प्रभु लाइफले आफ्नो बीमालेख निरन्तरता दर सुधार गर्न सफल भएको उल्लेख गरेको छ । प्रभु लाइफको बीमालेख नविकरण दर २०७६र७७ को ७०‌प्रतिशतको तुलनामा २०७७/७८ मा ७८ प्रतिशतमा पुगेको छ।

नयाँ १० जीवन बीमकहरुबीच प्रभु लाइफको बजार हिस्सा जम्मा ५ प्रतिशत रहेको छ।

इक्रा नेपालले सन् २०२५ सम्ममा भावी बोनशको शतप्रतिशत प्रावधानको लागि नियामक प्रावधानका कारण शेयरधनीले चाँडै लाभांश प्राप्त गर्ने संभावना कम रहेको उल्लेख गरेको छ। नियामक प्रावधानका कारण भावी बोनशको लागि रकमको व्यवस्था गर्नुपर्दा बीमांकी बचत नाफाको ठूलो हिस्सा बीमितहरुलाई वितरण गर्नुपर्ने भावी बोनशमै संचित हुने भएकोले शेयरधनीलाई चाँडै लाभ प्राप्त हुने सम्भावना कम रहेको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS