Connect IPS
IME Life

चाँगुनारायण नगरपालिकामा बीमा समिति, कृषि बीमामा व्यापक गुनासो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले भुक्तपुर जिल्लाको चाँगुनारायण नगपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । समितिका उप निर्देशक सन्तोष कार्कीको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि चाँगुनारायण नगरपालिका मेयर सोम प्रसाद मिश्र थिए । कार्यक्रममा उपमेयर विणा वास्तोला, वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत, उद्योगी, व्यवसायी, शिक्षक, प्राचार्य, कृषक लगाय ८० जना भन्दा धेरैको उपस्थिति थियो ।

Prabhu
Crest

सहभागीहरुले कृषि बीमाको विषयमा धेरै नै गुनासो गरेका छन् । बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाका लागि प्राथमिकता नदिने देखि लिएर बीमा नै गर्न नमान्नेसम्मको गुनासो आएको थियो ।

समितिको तर्फबाट भने कार्की सहित सहायक निर्देशक राम कोजु, सहायक निर्देशक मौनता धौवञ्जारले कार्यक्रम सम्पन्न गरेका हुन् । कार्यक्रममा उप निर्देशक कार्कीले बीमाको विषयमा जानकारिमुलक प्रस्तुतिकरण दिएका थिए । उनले स्थानीय निकायलाई आफ्नो सेवा सँग बीमालाई टाइअप गर्न समेत अनुरोध गरेका छन् । जनप्रतिनिधिहरुले पनि दाबी भुक्तानीको विषयलाई लिएर गुनासो गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS