IME Life New

विविध कार्यक्रम गरी मनायो प्रभु लाइफले पाँचौ वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पाँचौ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजनाका साथ सम्पन्न गरेको छ । कम्पनीले यसै उत्सव पारेर आफ्नो वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस वर्ष निम्न आयस्तर भएका अभिभावकका वालवालिकाहरुका शिक्षाको लागि यथासक्य योगदान गर्ने कार्यक्रम संचालन गरेको छ ।

कम्पनीले उल्लेखित उदेश्य अन्तर्गत नेपालका ७७ जिल्ला भरी कूल ८० विद्यालय संचालन गरिरहेको समता शैक्षिक गुठीलार्ई ५ लाख रकम सहयोग गरेको छ ।

Esewa
Crest

कार्यक्रममा, उक्त विद्यालयका निर्देशक दिपक संजेल, क्याम्पस प्रमुख अजय अधिकारी, शिक्षक शिक्षिका, कक्षा ८, ९ र १० का विद्यार्थीहरु तथा अन्य कर्मचारीहरुको उपस्थितिमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा कम्पनीका ब्यवस्थापन समुहका सबै सदस्यहरुको उपस्थिति रहेको थियो । गत वर्ष पनि यसैगरी कम्पनीले उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सम्पूर्ण ट्राफिक कर्मचारीहरुका लागि कोभिड १९ बाट बच्नका लागि तयार पारिएको मास्क, स्यानिटाईजर तथा हात धुने साबुन भएको किट बितरण गरेको थियो । सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुले समेत आ–आफ्नो क्षेत्रका ट्राफिक कार्यालय, विद्यालय वा सार्वजनिक स्थानमा सो किटहरु बितरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS