Connect IPS
IME Life

नेपाल एसबिआई बैंकको साधारण सभाको मिति तय, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पुस २० गते २८औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने जनाएको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिकसमेत निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजारको अधारमा ३ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव ८१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

बोनस शेयरपश्चात कम्पनीको चुक्तापूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ । साथै सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व हुने गरी एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

कम्पनीले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभा मार्फत गराउने तयारी गरेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीहरु मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS