साताको चौेथौ दिन नेप्से ७ दशमलव ११ अङ्कले घटेर ११२७ दशमलव ०८ अङ्कमा बन्द भएको छ । कारोबार रकम २३ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।
उत्पादनमूलक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।
सबैभन्दा धेरै सिटिजन इन्भेष्टमेन्ट ट्र«ष्ट शेयरको १ करोड ३२ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै चौतारी लघुवित्त वित्तिय संस्थाको सेयरमा ९ दशमलव ८२ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै नयाँ नेपाल लघुवित्त विकास बैंकको शेयरमा १० प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।