Connect IPS
IME Life

भैरहवा, दाङ र समनपुरमा युवासँग महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले भैरहवा, दाङ र समनपुरमा युवासँग महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले युवा र विद्यार्थी माझ बीमा जागरण ल्याउने कार्यलाई तिब्रता दिदै आएको छ । यसै अन्तर्गत गएको हप्ता लुम्वीनी प्रदेश र २ नं प्रदेशको विभिन्न ठाँउमा बीमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गरेको हो ।

भैरहवा बहुमुखि क्याम्पसमा मंसिर २३ गते प्राध्यापक कृष्ण घिमिरेको अध्यक्षतामा संचालित युवासँग महालक्ष्मी लाइफ कार्यक्रममा ८० जना स्नातक तहका विद्यार्थीको सहभागिता थियो । कम्पनीका भैरहवा कार्यालय प्रमुख अजय त्रिपाठीले संचालन गरेका कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र मार्केटिङ चिफ प्रशान्तराज धमलाले प्रशिक्षण दिएका थिए ।

Prabhu
Crest

त्यस्तै, कम्पनीका सहायक प्रबन्धक अमर दिप गुप्ता र मार्केटिङ मेनेजर यमलाल न्यौपानेले बीमाको महत्व बारेमा प्रकाश पारेका थिए ।

त्यसैगरी दाङ घोराहीका दुई छ्ट्टा छ्ट्टै कलेजमा बीमा जनचेतना कार्यक्रम संचालन भएको छ । अम्विकेश्वरी कलेजमा महालक्ष्मी लाईफका एजेन्सी मेनेजर लालचन्द्र बन्जाडेको अध्यक्षतामा संचालित कार्यक्रममा ५५ जना स्नातक तहका विद्यार्थीको सहभागिता रहेको थियो ।

कम्पनीका शाखा प्रमुख अरुण भट्टराईले संचालन गरेको कार्यक्रममा क्याम्पसका व्यवस्थापन प्रमुख द्रोण खड्का, एजेन्सी मेनेजर बसन्त भट्ट तथा अभियानका जिल्ला सदस्यहरु कमलमनी देवकोटा र प्रदिप कुमार पाण्डेको उपस्थिति रहेको थियो भने उपक्षेत्रिय प्रमुख कृष्ण प्रसाद पोखरेलले प्रशिक्षण दिएका थिए ।

मंसिर २४ गते घोराहीको राप्ति इन्जिनियरिङ कलेजमा संचालित कार्यक्रमको अध्यक्षता कलेजका निर्देशक मधुसुदन बैद्यले गरेका थिए । ७० जना विद्यार्थी सहभागि भएको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र मार्केटिङ चिफ प्रशान्तराज धमलाले प्रशिक्षण दिएका थिए ।

कलेजका निर्देशक मधुसुदन बैद्यले युवासँग महालक्ष्मीू कार्यक्रमले विद्यार्थी वीच बीमा जागरण ल्याउन महत्वपुर्ण भुमिका खेलेकोमा धन्यवाद दिए । कार्यक्रममा कलेजका प्रिन्सिपल रेशम गिरी सिभिल इन्जिनियरिङका विभागिय प्रमुख बाबुराम जोशी, कम्पनीका मार्केटिङ मेनेजर यमलाल न्यौपाने र उपक्षेत्रिय प्रमुख कृष्ण प्रसाद पोखरेलको उपस्थिति रहेको थियो।

रौतहट जिल्लाको समनपुर स्थित शंकर गुदर उच्च मा.वि.मा मंसिर २४ गते ूयुवासँग महालक्ष्मी लाइफ कार्यक्रम संचालन भएको छ । शिक्षिका रेनु गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा ९० जना विद्यार्थीको सहभागिता रहेको थियो।

कार्यक्रममा रेनु गुप्ता, मनोज कुमार यादवले कार्यक्रमको महत्व बारेमा मन्तव्य दिनु भयो । कम्पनीका क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले प्रशिक्षण दिएका थिए । कार्यक्रममा अभियानका केन्द्रिय सदस्य रामाशंकर यादव र अन्य जिल्ला सदस्यहरुको सहभागिता रहेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS