Connect IPS
IME Life

निक्षेप खोज्दै बीमा कम्पनीमा धाउदै बैंकका कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । तरलता अभाव चुलिदै गर्दा बैंकका कर्मचारीहरु निक्षेप खोज्दै बीमा कम्पनीमा धाउने क्रम बढेको छ । बैंकहरुले मुद्दती निक्षेपको म्याद सकिएको सुइको पाउने वित्तीकै बीमा कम्पनीमा गएर अनुरोध गर्न थालेका हुन् । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार बाणिज्य बैंकहरुको सिडी रेसियो ९१.२४ प्रतिशत पुगिसकेको छ । तर यो भनेको बैंकिङ प्रणालीमा चरम तरलता अभावको समस्या हो ।

यस्तो अवस्थामा बैंकहरुले कि त कर्जा असुली गर्नु पर्छ होइन भने निक्षेप नै बढाउनु पर्ने हुन्छ । भन्ने वित्तीकै कर्जा असुली गर्न असम्भव भएकाले बैंकहरुले हाल प्रणालीमै भएको निक्षेप खोसा खोस गर्ने अभियानमा छन् । यसै क्रममा बैंकका कर्मचारी निक्षेप तान्नका लागि बीमा कम्पनीमा धाउने क्रम बढेको हो ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई मन लाग्दी व्याजदर बढाउन रोक लगाउदै आइरहेको छ । संस्थागत निक्षेपकर्ताहरुले व्याजदरमा सर्वाधिक वार्गेनिङ गर्ने र व्याजदर बढाउन दावव दिने भएकाले पनि राष्ट्र बैंकले अंकुस लगाएको हो । यसले गर्दा बैंकका कर्मचारीहरु व्याजदरले भन्दा पनि अन्य उपाय लगाउदै बीमा कम्पनीहरुमै गएर निक्षेप मागिरहेका छन् ।

बीमा कम्पनीका कर्मचारी, उच्च व्यवस्थान अझ कतिपय अवस्थामा सञ्चालकहरुलाई नै प्रभावित पार्दै निक्षेप तान्ने प्रयत्नमा छन् । यस अवधिमा कतिपय बैंकहरुले कतिपय बीमा कम्पनीका कर्मचारीलाई अन्य किसिमका आर्थिक लाभ दिनेसम्मका अस्वस्थ अभ्यास बढ्ने गरेको पाइएको छ ।

हाल बीमा कम्पनीहरुको मात्रै बैंकिङ प्रणालीमा तीन खर्ब ५८ अर्ब रुपैयाँको निक्षेप रहेको छ । हाल बैंकहरुका लागि बीमा कम्पनीहरु ठुला निक्षेपकर्ता हुन् । बीमा समितिले एउटै बैंक, उस्तै बैंकहरुमा निक्षेप जम्मा गर्न नपाउने व्यवस्था गरिदिएको हुँदा उनिहरुले आफ्नो निक्षेप समय समयमा एक बैंकबाट अर्को बैंकहरुमा सारिरहेका हुन्छन् ।

बढ्दो व्याजदरका कारण बीमा कम्पनीहरुले मुद्दती निक्षेपको समय अवधि पनि थोरै थोरै राख्ने गरेका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशन अनुसार बैंकहरुले एक पटकमा १० प्रतिशत भन्दा धेरै व्याजदर बढाउन पाउदैनन् । त्यसैले गर्दा बीमा कम्पनीहरुले छोटो अवधिको मुद्दती निक्षेपमा लगानी गर्दै आइरहेका छन् । यस्तो हुने वित्तीकै बैंकहरुमा निक्षेपका लागि स्वभाविक रुपमा प्रतिस्पर्धा बढ्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS