IME Life New

सूर्या लाइफले डाक्यो साधारण सभा, लाभांश पारित सहित के-के छन् अन्य एजेण्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस १९ गते सोमबार १३औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको हिजो मंसिर २३ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार सभा होटल हैरिसन प्यालेस, विराटनगरमा हुनेछ ।

सभाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १२ दशमलव ७० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ६६८४ प्रतिशत नगद गरी कुल १३ दशमलव ३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, सभामा संचालक समितिका तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने,लेखा परीक्षकको प्रतिवेदन सहितको २०७७ साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७६/०७७ को नाफारनोक्सान हिसाव र नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुनेछ ।

सभाले लेखा परीक्षण समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७७/०७८ को लागि लेखा परिक्षक नियुक्ति गर्ने तथा नीजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनी समूह क बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना संचालक र सर्वसाधारण शेयरधनी समूह ख बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, बोनश शेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको भिन्न अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरि यथावत राख्ने,शेयर लाभांश बोनश शेयर वितरण पश्चात हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजीलाई सोही अनुरुप बृद्धि गर्ने प्रस्ताव पेश हुनेछ ।

साथै, कम्पनीको बिद्यमान संस्थापक र सर्वसाधारण शेयर स्वामित्वको ६०ः४० को संरचनालाई परिवर्तन गरि ५१ः४९ प्रतिशत कायम गर्ने र सोही अनुरुप ५१ प्रतिशत भन्दा बढि भएको संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव पारित गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित हुनेछ ।

त्यसैगरी कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको प्रस्ताबित संशोधनमा सम्बन्धित निकायबाट कुनै संशोधन, फेरबदल वा थपघट गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन र फेरबदल गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने, कम्पनी ऐनको दफा १०५ (१) (ग) बमोजिम आर्थिक वर्ष २०७६/०७७ मा चन्दा शिर्षक अन्तर्गत भएको खर्चको अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पसु ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस ८ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS