काठमाडौँ । नबिल बैंकले नबिल डिजीबैंक पोर्टल सार्वजनिक गरेको छ । उक्त ‘नबिल डिजीबैंक पोर्टल’को उद्धघाटन एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ अनिल केसरि साहाले गरेका हुन् ।
उक्त पोर्टलबाट बैङ्कका ग्राहकले एकद्धार प्रणाली मार्फत अनलाइन सेवाहरू प्राप्त गर्न सक्नेछन् । बहुत डिजिटल भिजन र रणनीति निर्माण गर्न अगस्ट २०२० मा उक्त परियोजनाको स्थापना गरिएको बैंकले जनाएको छ ।
नबिल डिजीबैंक पोर्टलबाट अनलाइन फिक्स डिपोजिट, डेबिट क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेष्मेन्ट, मर्चेन्टअनबोडिङ र रिटेल एसएमई लोन लगायत सेवाहरू ग्राहकले लिन सक्ने छन् ।
त्यसैगरी, नबिल भर्चुअल आईकार्ड नबिल स्मार्टबैक एप भित्र इमबोस्ड गरिएको सेवा भएको बैंकले उल्लेख गरेको छ। जसको माध्यमबाट ग्राहकले सजिलैसंग आफ्नो प्यान अपलोडगरी भर्चुअल आईकार्डका लागि आवेदन दिन सक्नेछन् । साथै ब्यालेन्स टप-अप पनि गर्न सकिन्छ ।
बैंकका अनुसार ग्राहकको आवेदन अनलाइनबाट प्रशोधन गरिन्छ र कार्ड विवरणहरू (कार्ड नम्बर, म्याद समाप्ती मिति, सीभीभी) सहित मोबाइल बैंक एप भित्र भर्चअल कार्ड तुरुन्तै जारी हुन्छ । भर्चुअल आईकार्ड (भारतिय रुपैया बाहेका) ई-कारोबारका लागि पनि प्रयोग गर्न सकिन्छ ।