Connect IPS
IME Life

वोमी लघुवित्तको साधारण सभा पुस १६ गते,लाभांश सहित मर्जरको प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले १०औं वार्षिक साधारण सभा पुस १६ गते गर्ने भएको छ । कम्पनीले सभा बिहान ११ बजे धुलिखेल नगरपालिका ४ धुलिखेल स्थित होटल अरनिको सभाहलमा हुने बताएको छ ।

सभाले २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले यस वोमी लघुवित्त र सूर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने प्रस्तावलाई पनि पारित गर्नेछ ।

Prabhu
Crest

उक्त मर्जर प्रयोजनको लागि सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । साथै सभाले मर्जर समितिबाट निर्धारण गरेको १ः१ अनुपातमा शेयर आदान प्रदान अनुपात पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले शेयरधनीदर्ता पुस्तिका पुस १ गते देखि १६ गतेसम्म बन्द गर्ने जनाएको छ । यसका आधारमा मंसिर २९ गतेसम्म कायम शेयरधनीले लाभांश पाउन तथा सभामा भाग लिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS