IME Life New

लगानीकर्ताका संघ संस्था एकै ठाउँमा, शेयर धितोकर्जाको सिमा हटाउन माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा लगातारको गिरावट सँगै लगानीकर्ताका संघ संस्था तथा ठुला लगानीकर्ताहरु एकै ठाउँमा उभिएका छन् । उनिहरु पूँजी बजारमा गंभीर संकट उत्पन्न भई ४५ लाख भन्दा बढी आम सर्बसाधारण लगानीकर्ताहरुको लगानी थाम्नै नसकिने जोखिममा परेको भन्दै समस्या समाधानका लागि एकताबद्ध भएका हुन् । यसै क्रममा उनिहरुले आज सोमबार गहन छलफल गरेका छन् । छलफल पश्चात उनिहरुले ४ वटा निर्णय समेत गरेका छन् ।

कार्यक्रमको संयोजकत्व नेपाल उद्योग बाणिज्य महासंघका सदश्य अम्बिका प्रसाद पौडेलले गरेका थिए । उनिहरुले ब्रोकर मार्फत शेयर धितो कर्जाको व्यवस्था पूर्ण रुपमा कार्यान्वयनको माग राखेका छन् । यदि यस्तो व्यवस्थान नगरेमा शेयर धितो कर्जामा लगाईएको सिमा हटाउनुपर्ने माग राखेका छन् ।

Esewa
Crest

आज बसेको यस भेलाले निम्न निर्णयहरु गरेको छ । 

निर्णय नम्बर १

सेयर दलालमार्फत मार्जिन ट्रेडिङ कर्जा ब्यवस्था पूर्ण रुपमा कार्यान्वयनमा नआएसम्म सेयर धितो कर्जामा लगाईएको सिमा हटाईनुपर्ने मागमा पूर्ण सहमति  कायम गरियो ।

निर्णय नम्बर २

लामो समयदेखि रिक्त रहेका नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका प्रमुखहरुको योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा तत्काल नियुक्ति गर्न सरकारसँग माग गर्ने निर्णय गरियो ।

निर्णय नम्बर ३

पूँजी बजारको बिकास र बिस्तारका लागि अर्थ मन्त्रालयले ३ बर्ष अघि नै गरिसक्छु भनेका ५८ बुँदेका कार्यतालिका सहितका बाँकी कामहरु तत्काल गराउँन माग गर्ने निर्णय गरियो ।

निर्णय नम्बर ४

माथि उल्लेखित कामहरु सम्पन्न भई पूँजी बजार सम्बन्धी नीति नियम, पुर्वाधार र प्रविधिको सुनिश्चितता नभएसम्म हामी सम्पूर्ण संघसंस्था र लगानीकर्ताहरु एकताबद्ध र सामुहिक ढंगले लागिरहने प्रण गर्दै अग्रज लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको संयोजकत्वमा बृहत कार्यदल गठन गरियो ।

उपस्थिति तथा हस्ताक्षर

१. अम्बिकाप्रसाद पौडेल, नेपाल उद्योग बाणिज्य महासंघ

२. जगन्नाथ पुडासैनी, महासचिव, सेयर लगानीकर्ता संघ नेपाल

३. तुलसीराम ढकाल, अध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम

४.राधा पोख्रेल, अध्यक्ष, नेपाल पूँजी बजार लगानीकर्ता संघ

५. हरि ढकाल,संयोजक, सेयरलगानीकर्ता दबाब समूह

६. गोपाल स्वामी, लगानीकर्ता

७. रोहन कार्की, अध्यक्ष, स्वतन्त्र पूँजी बजार संघ

.८. विनोद बजगाई, सचिव, स्वतन्त्र पूँजी बजार संघ

९. उत्तम अर्याल, अध्यक्ष, सेयर लगानीकर्ता संघ, नेपाल

१०. विनोद श्रेष्ठ, स्वतन्त्र पुँजीबजार संघ

११.राज ओझा, सहसचिव, स्वतन्त्र पूँजी बजार संघ

१२.. दुर्गा तिवारी, नेपाल इन्भेष्टर्स फोरम

१३. सुष्मा ढुंगाना, लगानीकर्ता

१४.. नयन बास्तोला, महासचिव, सेयर लगानीकर्ता दबाब समूह

१५. हरिकुमार कार्की, लगानीकर्ता

१६. तिलक बहादुर कार्की, लगानीकर्ता

१७. सुजन मिश्र, लगानीकर्ता

१८. परशुराम उपाध्याय, लगानीकर्ता

१९. कुलदिप जिसी, लगानीकर्ता

२०. सुनिल बस्नेत,, लगानीकर्ता

२१. सन्नत रायमाझी, लगानीकर्ता

२२.कृष्ण गौतम, लगानीकर्ता

२३. कमला ज्ञवाली, गानीकर्ता

२४.. पबित्रा ज्ञवाली, सेयर लगानीकर्ता दबााब समूह

२५. दीपक लामिछाने, लगानीकर्ता

२६. तुलसीपसाद अधिकारी, लगानीकर्ता

२७. एसपी चौलागाँइ, लगानीकर्ता

२८. नबराज उप्रेति, सेयर लगानीकर्ता दबाब समूह

२९. बिष्णुप्रसाद ढुंगाना, लगानीकर्ता

३०. रमेशकुमार ढकाल, सेयर लगानीकर्ता दबाब समूह

३१. राजबिक्रम थापा, लगानीकर्ता

३२. केशव तिवारी, लगानीकर्ता

३३. पारस भट्टराई, लगानीकर्ता

३४. ललित शाही, लगानीकर्ता

३५. गणेश सुबेदी, लगानीकर्ता

३६. विपल हमाल, लगानीकर्ता

३७. हरि महर्जन, लगानीकर्ता

३८.  दशरथ चन्द, लगानीकर्ता

३९. डम्बर बहादुर गिरी, लगानीकर्ता

४०. रबिन्द्र अर्याल, लगानीकर्ता

४१ नरेश जोशी, लगानीकर्ता

४२. अनन्त सुन्दर, पत्रकार, विजशाला

४३. निर्मल प्रधान, लगानीकर्ता

४४. तिलक कोईराला, नेपाल पूँजी बजार बिकास अभियान

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS