IME Life New

हिमालयन डिस्टिलरीले गर्यो चमत्कार : प्रतिशेयर आम्दानी ७५.४६%ले वृद्धि, नाफा कति?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


हिमालयन डिस्टिलरीले (HDL) ले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको प्रतिवेदन सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद मुनाफामा ७५.४७ प्रतिशतले वृद्धि गर्दै १८ करोड ५८ लाख १२ हजार कमाएको छ । खुद मुनाफामा भएको वृद्धि सँगै प्रतिशेयर आम्दानी समेत अघिल्लो वर्षको सोही आवको तुलनामा ४१.४४ रुपैयाँले वृद्धि गर्दै समग्रमा ३ चौथाई अर्थात ७५.४६ प्रतिशले प्रतिशेयर आम्दानी वृद्धि गर्न सफल भएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचिकृत उत्पादनमुलक क्षेत्रकै अग्रणी यो कम्पनी मदिरा उत्पादनका लागि प्रख्यात छ । कम्पनीले अघिल्लो सालको सोही आवको तुलनामा बिक्रीतर्फ १ अर्बको आंकडा नाघे सँगै बिक्रीतर्फको खर्च घटाउँदा कम्पनीले सो सफलता हाँसिल गरेको हो ।

अघिल्ला वर्षहरुको प्रतिवेदनहरुको समेत अध्ययन गर्दा प्रायजसो यस कम्पनीले अघिल्लो ३ वटा त्रैमास बराबरको बिक्री चौथो त्रैमासमै गर्ने गरेको र मदिराजन्य उद्योगको लागि चालु त्रैमास अफ सिजन मानिने बखत समेत यति राम्रो बिक्री हुनुले चौथो त्रैमाससम्ममा कम्पनीले सजिलै १०० रुपैयाँ माथिको प्रतिशेयर आम्दानी हासिल गर्ने देखिन्छ ।

Esewa
Crest

यसका साथै हालै सरकारले ल्याउन लागेको विलसिताका सामानको आयातमा कडाई सम्बन्धी नीतिले विदेशी महंगा मदिराजन्य वस्तुको आयातमा रोकलाग्दा यसको प्रत्यक्ष फाइदा स्वदेशी मदिरा उद्योगलाई हुने देखिन्छ । तसर्थ यसको प्रभाव स्वतः यस कम्पनीको विक्रीमा पर्न जाने हुँदा आगामी दिनमा यस कम्पनीको मदिराको बिक्री थप बढ्ने अनुमान गर्न सकिन्छ ।

कम्पनीको चालु आवको दोश्रो त्रैमासमा प्रकाशित प्रतिवेदनको मुख्य सारांश निम्नानुसार रहेको छ ।

प्राविधिक विश्लेषण

गएको ४ आर्थिक वर्ष यता २० प्रतिशत माथि लाभांस दिईराखेको कम्पनीलाई प्राविधिक रुपमा विश्लेषण गर्दै यस कम्पनीको वर्तमान कारोबारको बारेमा राख्ने प्रयत्न गरेका छौं ।

यस कम्पनीको कारोबारलाई ३ वटा फरक फरक मुभिङ्ग एभरेज लगाएर हेर्दा ९ वटा दिनको छोटो मभिङ्ग एभरेज र २६ वटा दिनको मध्यम मुभिङ्ग एभरेज आजको कारोबारको क्याण्डल चार्टको ठिक्क तलतिर बसेको छ । साथै १०० वटा दिनको लामो मुभिङ्ग एभरेज अझै तल बसेको देखिन्छ । यसबाट यो कम्पनी अझै पनि खरिद गर्न उपयुक्र्त रहेको देखिन्छ ।

म्याक् डि अर्थात मुभिङ्ग एभरेज कन्भर्जेन्स र डाइभर्जेन्सको विश्लेषण गर्दा गएको जनवरी १५ यता लगातार माथिबाट सिग्नल रेखालाई काटेर तल झरेको म्याक् डि रेखाले तलबाट माथिको कोण लिँदै सिग्नल रेखालाई तलबाट काट्न खोजेको जस्तो देखिन लागेको छ । यदि म्याक् डि रेखाले सिग्नल रेखालाई तलबाट माथि काटेर गएमा खरिद गर्न सकिन्छ । अन्य उत्पादनमुलक कम्पनीहरुको मुल्य आम्दानी अनुपात ३० गुणा माथि रहेको र यसको आजको कारोबार अनुसारसमेत केवल १४ गुणाको मुल्य आम्दानी अनुपात देखिएको हुँदा माथिका दुवै विश्लेषणले खरिद सिग्नल देखाएमा विश्वस्त भई खरिद गर्न सकिन्छ ।

यस बाहेक रिलेटिभ स्ट्रेन्थ इन्डेक्स अर्थात आरएसआई हाल ५२ मा रहेको देखिन्छ । यसको अर्थ यो कम्पनीमा खरिद गर्दा जोखिम नरहेको र यो क्रमशः ५२ बाट माथितिर लाग्ने देखिएको हुँदा बिस्तारै थप खरिदचाप आउन सक्ने देखिन्छ । आरएसआईको बेन्चमार्क इन्डेक्स अंक ७० वा सो भन्दा माथि पुगेमा अधिक खरिद चाप सिर्जना भई कारोबारीहरु बिक्री गर्न लाग्ने र सो इन्डेक्स अंक ३० वा सो भन्दा तल झरेमा अधिक बिक्री चाप पर्न गई मुल्य झरेको मौका छोपि खरिदकर्ताहरु खरिद गर्न आउने हुन्छन् ।समग्रमा कम्पनीको वित्तिय विवरणको हालै प्रकाशित प्रतिवेदनले कम्पनी उच्च मुनाफाको दिशामा लम्कीराखेको र यसका अन्य उत्पादनमुलक साथी कम्पनीहरुको मुल्य आम्दानी अनुपात उच्च रहेको देखिएको हुँदा आगामी दिनमा यसको मुनाफाको हिस्सेदार हुन तथा अल्पकालिन लाभका लागि समेत लगानीकर्ताहरु यस कम्पनीमा झुम्मिने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS