IME Life New

बर्दिवास, जनकपुर,लाहान र गाईघाटमा “युवासँग – महालक्ष्मी लाईफ”

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले राष्ट्रिय बीमा जागरण अभियान अन्तर्गत बर्दिवास, जनकपुर, लाहान र गाईघाटमा “युवासँग – महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ । नव छितिज कलेज बर्दिवास मा सुरेन्द्र कुमार चौधरीको अध्यक्षतामा मंसिर १३ गते विहान संचालित कार्यक्रममा ७० जना युवा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Esewa
Crest

कम्पनीका उपक्षेत्रिय प्रमुख लाल बहादुर थापाको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले बीमाको महत्व बारेमा प्रकाश पारेका थिए । सिनियर एजेन्सी मेनेजर रोहन घटानीले कार्यक्रम संचालन गरेका थिए भने नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले प्रशिक्षण दिएका थिए । सोही दिन दिउसो जनकपुरको मोडेल मल्टिपल कलेजमा संचालित बीमा जागरण कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा १३० विद्यार्थीको सहभागिता रहेको थियो।

त्यसै गरी मंसिर १४ गते जे. एस. मुरारका बहुमुखि क्याम्पस लाहानमा क्याम्पस प्रमुख तुलसी राम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कम्पनीका उपक्षेत्रिय प्रमुख लाल बहादुर थापा मगरले स्वागत दिएका थिए । १३० जना विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा  कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ र बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रमको संचालन रोहन घटानीले गरेका थिए । मंसिर१५ गते त्रियुगा जनता बहुमुखि क्याम्पस गाईघाटमा पनि “युवासँग- महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न भयो । सहायक क्याम्पस प्रमुख सुभाष पाण्डेको अध्यक्षतामा संचालित प्रशिक्षण कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ र बरिष्ठ सहायक महाप्रबन्धक प्रशन्तराज धमलाले प्रशिक्षण दिएका थिए । ५० जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रमको संचालन उपक्षेत्रिय प्रमुख लाल बहादुर थापा मगरले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS