काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले आज महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले ४७ दशमलव ५० प्रतिशत बोनश शेयरको समायोजनपछि शेयरमूल्य गरी ३ हजार ६५८ रुपैयाँ ९८ पैसा कायम गरेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बुधवार कायम अन्तिम शेयरमूल्य ५ हजार ३९७ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।