काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको रिक्त रहेको सर्वसाधारण समूहको सञ्चालक पदमा चिन्तामणि पाण्डे नियुक्त भएका छन् । संस्थाको मंगलवार बसेको सञ्चालक समितिको बैठकले सञ्चालकमा पाण्डेलाई नियुक्त गरेको हो । कम्पनीले नेप्सेमा एक सुचना जारी गर्दै यस्तो जनाएको छ ।


















