काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभा.श प्रस्ताव गरेको छ । कम्पनीले गत आथिृक वर्षको नाफाबाट कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको मंसिर १५ गते विहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति दिएपश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।