IME Life New

वर्षाले नष्ट धानबालीकाे क्षतिपूर्ती बढीमा ५५ हजार रूपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । संघीय सरकारले भिषण वर्षाका कारण गत महिना बालीनालीमा पुगेको क्षतिवापत किसानलाई अधिकतम ५५ हजार ?पैयाँ क्षतिपूर्ती दिने घोषणा गरेको छ ।

मंसिर २ गतेको मन्त्रीपरिषदको बैठकले बेमौसमी वर्षाको कारण धानबालीमा क्षति पुगेको किसानलाई राहत उपलब्ध गराउने मापदण्ड २०७८ अनुमोदन गर्दै किसानलाई अधिकतम ५५ हजार पैयाँसम्म क्षतिपूर्ती उपलब्ध गराउने निर्णय गरेको हो । गत असोज ३१ गतेदेखि कात्तिक ५ सम्मको अबिरल वर्षाले धानबालीमा पुगेको क्षति मूल्याङ्कनको आधारमा यो रकम दिइने निर्णय भएको हो ।

Esewa
Crest

मापदण्ड अनुसार पूर्ण क्षति पुगेका साना किसानलाई धानबालीको लागत रकमको ६५ प्रतिशत, मध्यम स्तरको किसानलाई २० प्रतिशतसम्म र आंशिक क्षति पुगेका मध्यम वा साना किसानलाई उत्पादन लागतको २० प्रतिशतसम्म राहत हुनेछ ।

क्षतिपूर्ती वितरणको लागी मापदण्डले तीन बिघाभन्दा बढी खेत भएका किसानलाई ठूला स्तरको किसान, १० कट्ठादेखि तीन बिघा खेत भएकालाई मध्यम स्तरको किसान र १० कट्ठाभन्दा कम खेत भएका किसानलाई साना किसान भनेर वर्गिकरण गरिदिएको छ ।

प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृतको संयोजकमा गठन हुने स्थानीय समितिले क्षतिपूर्तीवापत उपलब्ध गराइने राहत रकम निर्धारण गर्नेछ । यो क्षतिपूर्ती मूल्यांकन समितिको सदस्यह?मा कृषि ज्ञान केन्द्रका प्रमुख, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतलाई सदस्य तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS