काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको मांखा गा.बि.स. ७ मा जन्मीएकी अनुराधा भुजेलको सानै उमेरमा विवाह भयो । सिन्धुपाल्चोक सानोसरुवारी ६ मेल्चौर घर भएका सागर भुजेलसँग १६ वर्षकै कलिलो उमेरमा विवाह पछि १६ वर्षमै आमा बनिन् । त्यस पछि १९ वर्षमै दोस्रो बच्चाकी आमा बनिन् । दुई सन्ताको पालनपोषण र पढाइका कारण खर्च बढ्न थाल्यो । गाउँभन्दा तलको बजारमा सामान्य होटल व्यवसाय चलाउन थाले सँगै श्रीमानले जेनतेन घर धानिरहेका थिए । दुई सन्तानका अभिभावक बनिसकेका उनिहरुको सानो होटल व्यवसायलाई पनि २०७२ सालको भुकम्पले तहसनहस पारिदियो ।
त्यसमा पनि अनुराधाको मुटुको रोगले उनिहरुको जीवन झन् कष्टकर भयो ।समय बित्दै जाँदा दुवै सन्तानको पालनपोषण र पढाईमा खर्च बढ्न थाल्यो र परीवारको आर्थिक स्थिती कमजोर बन्दै जादा दैनिक जीवन चलाउन समेत गाह्रो हुदै गयो । त्यस पश्चात अनुराधा र सागरआफ्नै जन्मथलो सानो सिरुबारी मेल्चौर मै फर्किन बाध्य भए ।
कमजोर आर्थिक अवस्थाबाट गुज्रिएकी अनुराधाको परिवारलाई आर्थिक सहायता गरेर ग्लोबल आइएमई लघुवित्तले सहारा नै प्रदान गर्यो संस्थाले चौतारा न.पा. ०३ चौतारामा शाखा स्थापना गरी आफ्नो सेवा बिस्तार गरिरहेको थियो । सानोसिरुवारीको मेल्चौर टोलमा २०७२ सालको भदौ महिनामा ब्यावसायीक बन्ने, खर्च घटाएर बचत गर्ने उद्येश्यका साथ १५ जना महिला दिदि बहिनीको समुह गठन भयो र त्यस समुहमा अनुराधाले पनी सदस्यता लिइन ।
गठित केन्द्रमा दिदी बहिनीले समुह जमानीबाट कर्जा लिन पाउने सुबिधा अनुसार अनुराधाले पहिलो पटक २०७३ असोज २ गते ४५ हजार कर्जा लिई कस्मेटिक्स पसल खोली सानो व्यवसाय शुरु गरिन् । सानो पूँजीबाट ब्यवसाय शुरु गर्दै आएको आम्दानीले किस्ता तिर्दै रोजीरोटी पनि चल्यो । यही क्रममा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाबाट दोश्रो पटक १ लाख ५० हजार रुपैयाँ कर्जा लिएर ब्यवसायलाई निरन्तरता दिइन् ।
कस्मेटिक्स पसल उनको लागि ब्यवहार सल्टाउने र मुटुको उपचार गर्नका लागि सानो आयश्रोत बन्यो । तर उनको मुटु रोगका लागि उक्त आम्दानीले सम्भव थिए । त्यस पछि सागरले वैदेशिक रोगारमा जाने निर्णय गरे ।
श्रीमान वैदेशिक रोजगारीमा गए पनि अनुराधाले पसललाई निरन्तरता दिइरहिन् । वैदेशिक रोजगारबाट श्रीमाले पठाएको पैसा उनको उपचार खर्च र दुई सन्तानको पालन पोषणमै सकियो । यसरी तीन वर्षसम्म विदेशी भुमिमा बगाएको पसिनाले उपचार र घर खर्च टार्ने बाहेक केहि पनि उपलब्धी हुन सकेन ।
तीन वर्षको विदेश बसाइ पछि सागर निरास हुँदै स्वदेश फर्किए । विदेशी भुमिमा जति दुख गरे पनि पैसा नबचेपछि उनले स्वदेशमै केहि गर्ने निर्णय गरे । उनले कस्मेटिक्स पसल खोल्न कर्जा लिएको ग्लोबल आइएमई लघुवित्तबाट पुनः कर्जा लिएर व्यवसायिक कृषि फर्म खोल्ने निर्णय गरे । अनुराधाले आफ्नो नाममा तेस्रो पटक तीन लाख रुपैयाँको कृषि कर्जा लिइन् । अनुराधाले यस भन्दा पहिला दुई पटक कर्जा लिदा समयमै सावा व्याज भुक्तानी गरेको हुँदा लघुवित्तले तेस्रो किस्ता पनि सजिलै दियो ।
उक्त कर्जा लिएर श्रीमानले व्यवसायिक बेमौसमी तरकारी तथा च्याउ खेती सुरु गरे । करिव १२ रोपनी जग्गा भाडामा लिएर उनले टनेल निर्माण गरे । ७ रोपनीमा तरकारी खेती गरेका सागरले ५ रोपनी जग्गामा च्याउखेती गरे । यसरी आफ्नै गाउँ ठाउँमा व्यवसायिक कृषि खेति मार्फत उनिहरुले मनग्ये आम्दानी गर्न सफल भए ।
उनले सुरु गरेको बेमौसमी तरकारी खेतीले राम्रै बजार भाउ पायो । उनिहरुले दुई वर्षको अवधिमा सम्पुर्ण कर्जा भुक्तानी गरेर एउटा टाटा सुमो खरिद गर्न सफल भएका छन् । लघु वित्तीको कृषि कर्जाको सहायताले व्यवसायिक कृषि खेतीबाट सफल भएका यि दम्पत्तीले आफ्ना दुई सन्तानलाई राम्रो स्कुलमा शिक्षा दिनुका साथै दैनिक जीवन चलाउन पनि धेरै सहज भएको छ ।
अनुराधा भन्छिन, “दुःख र सुख जिन्दगीको दुई पाटो रहेछ, सुखलाई सबैले अंगाल्न सकिन्छ भने दुःखको अनुभव गर्न समेत गाह्रो हुन्छ । मैले जिन्दगीको दुःख र सुखलाई आत्मसात गरी यहाँ सम्म आएँ । दुःख परेको समयमा हरेस खाएर बसेको भए आज म यो अवस्थामा आउने थिइन । यस काममा गलोबल आइएमई लघुवित्त मेरो सहयात्री बनेको छ । ग्लोबल आइएमई लघुवित्तले दिएको साथ सहयोग र हौसलाले मलाई ब्यवसायिक बनायो । आशा छ यस ग्लोबल आइएमई लघुवित्तले आगामी दिनमा म जस्ता हजारौँ दिदी बहिनीको आय स्तर बढाई आर्थिक उपार्जनमा सहयोग गर्ने छ ।”