IME Life New

छाक टार्नै असहज अवस्थाकी अनुराधलाई ग्लोबल आइएमईको साथले बनायो सफल उद्यमी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको मांखा गा.बि.स. ७ मा जन्मीएकी अनुराधा भुजेलको सानै उमेरमा विवाह भयो । सिन्धुपाल्चोक सानोसरुवारी ६ मेल्चौर घर भएका सागर भुजेलसँग १६ वर्षकै कलिलो उमेरमा विवाह पछि १६ वर्षमै आमा बनिन् । त्यस पछि १९ वर्षमै दोस्रो बच्चाकी आमा बनिन् । दुई सन्ताको पालनपोषण र पढाइका कारण खर्च बढ्न थाल्यो । गाउँभन्दा तलको बजारमा सामान्य होटल व्यवसाय चलाउन थाले सँगै श्रीमानले जेनतेन घर धानिरहेका थिए । दुई सन्तानका अभिभावक बनिसकेका उनिहरुको सानो होटल व्यवसायलाई पनि २०७२ सालको भुकम्पले तहसनहस पारिदियो ।

त्यसमा पनि अनुराधाको मुटुको रोगले उनिहरुको जीवन झन् कष्टकर भयो ।समय बित्दै जाँदा दुवै सन्तानको पालनपोषण र पढाईमा खर्च बढ्न थाल्यो र परीवारको आर्थिक स्थिती कमजोर बन्दै जादा दैनिक जीवन चलाउन समेत गाह्रो हुदै गयो । त्यस पश्चात अनुराधा र सागरआफ्नै जन्मथलो सानो सिरुबारी मेल्चौर मै फर्किन बाध्य भए ।

Esewa
Crest

कमजोर आर्थिक अवस्थाबाट गुज्रिएकी अनुराधाको परिवारलाई आर्थिक सहायता गरेर ग्लोबल आइएमई लघुवित्तले सहारा नै प्रदान गर्यो संस्थाले चौतारा न.पा. ०३ चौतारामा शाखा स्थापना गरी आफ्नो सेवा बिस्तार गरिरहेको थियो । सानोसिरुवारीको मेल्चौर टोलमा २०७२ सालको भदौ महिनामा ब्यावसायीक बन्ने, खर्च घटाएर बचत गर्ने उद्येश्यका साथ १५ जना महिला दिदि बहिनीको समुह गठन भयो र त्यस समुहमा अनुराधाले पनी सदस्यता लिइन ।

गठित केन्द्रमा दिदी बहिनीले समुह जमानीबाट कर्जा लिन पाउने सुबिधा अनुसार अनुराधाले पहिलो पटक २०७३ असोज २ गते ४५ हजार कर्जा लिई कस्मेटिक्स पसल खोली सानो व्यवसाय शुरु गरिन् । सानो पूँजीबाट ब्यवसाय शुरु गर्दै आएको आम्दानीले किस्ता तिर्दै रोजीरोटी पनि चल्यो । यही क्रममा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाबाट दोश्रो पटक १ लाख ५० हजार रुपैयाँ कर्जा लिएर ब्यवसायलाई निरन्तरता दिइन् ।

कस्मेटिक्स पसल उनको लागि ब्यवहार सल्टाउने र मुटुको उपचार गर्नका लागि सानो आयश्रोत बन्यो । तर उनको मुटु रोगका लागि उक्त आम्दानीले सम्भव थिए । त्यस पछि सागरले वैदेशिक रोगारमा जाने निर्णय गरे ।

श्रीमान वैदेशिक रोजगारीमा गए पनि अनुराधाले पसललाई निरन्तरता दिइरहिन् । वैदेशिक रोजगारबाट श्रीमाले पठाएको पैसा उनको उपचार खर्च र दुई सन्तानको पालन पोषणमै सकियो । यसरी तीन वर्षसम्म विदेशी भुमिमा बगाएको पसिनाले उपचार र घर खर्च टार्ने बाहेक केहि पनि उपलब्धी हुन सकेन ।
तीन वर्षको विदेश बसाइ पछि सागर निरास हुँदै स्वदेश फर्किए । विदेशी भुमिमा जति दुख गरे पनि पैसा नबचेपछि उनले स्वदेशमै केहि गर्ने निर्णय गरे । उनले कस्मेटिक्स पसल खोल्न कर्जा लिएको ग्लोबल आइएमई लघुवित्तबाट पुनः कर्जा लिएर व्यवसायिक कृषि फर्म खोल्ने निर्णय गरे । अनुराधाले आफ्नो नाममा तेस्रो पटक तीन लाख रुपैयाँको कृषि कर्जा लिइन् । अनुराधाले यस भन्दा पहिला दुई पटक कर्जा लिदा समयमै सावा व्याज भुक्तानी गरेको हुँदा लघुवित्तले तेस्रो किस्ता पनि सजिलै दियो ।

उक्त कर्जा लिएर श्रीमानले व्यवसायिक बेमौसमी तरकारी तथा च्याउ खेती सुरु गरे । करिव १२ रोपनी जग्गा भाडामा लिएर उनले टनेल निर्माण गरे । ७ रोपनीमा तरकारी खेती गरेका सागरले ५ रोपनी जग्गामा च्याउखेती गरे । यसरी आफ्नै गाउँ ठाउँमा व्यवसायिक कृषि खेति मार्फत उनिहरुले मनग्ये आम्दानी गर्न सफल भए ।

उनले सुरु गरेको बेमौसमी तरकारी खेतीले राम्रै बजार भाउ पायो । उनिहरुले दुई वर्षको अवधिमा सम्पुर्ण कर्जा भुक्तानी गरेर एउटा टाटा सुमो खरिद गर्न सफल भएका छन् । लघु वित्तीको कृषि कर्जाको सहायताले व्यवसायिक कृषि खेतीबाट सफल भएका यि दम्पत्तीले आफ्ना दुई सन्तानलाई राम्रो स्कुलमा शिक्षा दिनुका साथै दैनिक जीवन चलाउन पनि धेरै सहज भएको छ ।

अनुराधा भन्छिन, “दुःख र सुख जिन्दगीको दुई पाटो रहेछ, सुखलाई सबैले अंगाल्न सकिन्छ भने दुःखको अनुभव गर्न समेत गाह्रो हुन्छ । मैले जिन्दगीको दुःख र सुखलाई आत्मसात गरी यहाँ सम्म आएँ । दुःख परेको समयमा हरेस खाएर बसेको भए आज म यो अवस्थामा आउने थिइन । यस काममा गलोबल आइएमई लघुवित्त मेरो सहयात्री बनेको छ । ग्लोबल आइएमई लघुवित्तले दिएको साथ सहयोग र हौसलाले मलाई ब्यवसायिक बनायो । आशा छ यस ग्लोबल आइएमई लघुवित्तले आगामी दिनमा म जस्ता हजारौँ दिदी बहिनीको आय स्तर बढाई आर्थिक उपार्जनमा सहयोग गर्ने छ ।”

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS