Connect IPS
IME Life

मेगा बैंकको ११औं वार्षिक साधारण सभा मंसिर २८ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेगा बैंकले मंसिर २८ गते आफ्नो ११औं वार्षिक साधारण सभा आब्हान गरेको छ । सभामा नेपाल प्रज्ञाप्रतिष्ठानमा विहान ११ बजे संचालन गर्ने जनाउको छ । बैंकको मंसिर ६ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २ दशमलव ०७ प्रतिशत नगद लाभांश गरि कुल १२ दशमलव ०७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, सभाले बैंकले नया उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने , प्राप्ति गर्ने लगायतका निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने तथा बैंकमा वैदेशिक रणनीतिक साझेदार भित्र्याउने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले अध्यक्षको मन्तव्य सहित सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७७/७८ पारित गर्ने, मेगा बैंक नेपाल लिमिटेडको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षकको प्रतिवेदन सहित बैंकको मिति २०७८ आषाढ ३१ गतेको एकीकृत वित्तीय अवस्थाको विवरण (वासलात), मिति २०७७ श्रावण १ गते देखि मिति २०७८ आषाढ ३१ गतेसम्मको एकीकृत नाफा नोक्सान विवरण, एकीकृत अन्य विस्तृत आम्दानीको विवरण पारित जनाएको छ । ।

साथै, सभाले एकीकृत नगद प्रवाह विवरण, एकीकृत ईक्विटीमा भएको परिवर्तनको विवरण, प्रमुख लेखा नीतिहरू तथा लेखा सम्बन्धी टिप्पणीहरू, वित्तीय विवरणको अनुसूचीहरू र उद्घोषण तथा अतिरिक्त विवरणहरू सहितको लेखापरीक्षण गरिएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक वित्तीय विवरणहरू (सहायक कम्पनी मेगा क्यापिटल मार्केट्स लिमिटेड समेतको) उपर छलफल गरी पारित गर्ने ।

सभामा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि बैंकको लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने । बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने ।

सभाले बैंकको प्रबन्धपत्र र नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरूबाट कुनै फेरवदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार आवश्यक फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित हुनेछ ।

सभाले बैंकमा अर्को कुनै बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने (मर्जर) तथा प्राप्ती (एक्विजिसन) गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जररप्राप्ती समिति गठन गर्ने, लगायतका विभिन्न प्रस्तावहरुमाथि छलफल गरी पारित गर्नेछ ।

बैंकले साधारणसभा तथा लाभांश प्रयोजनको लागि मंसिर १४ गते १ दिन बुक क्लोज गर्ने भएको छ । त्यसकारण मंसिर १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS