Connect IPS
IME Life

भारतमा ६० करोड रुपैयाँ बीमा दाबी गर्न सर्पको टोकाईबाट छिमेकीको हत्या

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । जीवन बीमामा दाबीको लागी अनेक जालझेल र ठगीको घटना नियमितरुपमा सार्वजनिक हुने गरेको छ । नेपालको बीमा बजारमा निर्जीवन बिमा क्षेत्रमा यस्तो ठगीको प्रयास नियमित जसो चर्चामा आए पनि जीवन बीमाको दाबीमा यस्तो विषय खासै चर्चामा सुनिने गरेको छैन । तर छिमेकी मुलुक भारतमा जीवन वा निर्जीवन दुबै खाले बिमाको दाबीमा वर्षेनी ठूलो संख्यामा झूठो दाबी वा ठगीका घटनाहरु उजागर हुने गरेका छन् ।

हालै भारतको महाराष्ट्रमा ५४ वर्षिय एक वृद्धले बीमा दाबीवापत ६० करोड रुपैयाँ ठगी गर्नको लागी विषालु सर्पले टोकाएर एक टुहुराको हत्या गरेका छन् । घटना विवरण अनुसार अमेरिकामा २० वर्षदेखि बसोबास गर्दै आएका प्रभाकर भिमजी वागचौरेले गत वर्षको पुसमा भारतस्थित आफ्नो गाउँ फर्किएका थिए । महाराष्ट्रमको अहमदनगरस्थित राजुर गाउँमा उनको बसोबास रहेको थियो । गत बैशाखमा स्थानीय प्रहरी चौकीले बागचौरेको निधन भएको सूचना पाएको थियो । अस्पताल पुगेको प्रहरी समक्ष बागचौरेका भतिज र अर्का एकजना स्थानीयले विषालु सर्पको टोकाईबाट निधन भएका व्यक्ति बागचौरे नै हुन भन्ने बयान दिए ।

Prabhu
Crest

अस्पतालले प्रारम्भिक जाँच रिपोर्टमा विषालु सर्पको टोकाईबाट बागचौरेको निधन भएको उल्लेख गरेपछि प्रहरीले शव मृतकको आफन्तजनको जिम्मा लगायो । तर बागचौरेको मृत्यु पछाडीको रहस्य त्यतिबेला खुल्यो, जब बीमा दाबीसम्बन्धमा अनुसन्धानमा खटिएका अधिकारीहरुले प्रहरीसँग थप जानकारी र प्रमाणहरु संकलन गर्न थाले ।

बीमा अधिकारीहरुले टेलिफोनमार्फत् बीमित बागचौरेले गरेका सम्पर्कहरुको आधारमा अनुसन्धान गर्ने क्रममा मृतक दाबी गरिएका उनी जीवितै रहेको शंका गर्न सक्ने पर्याप्त आधार फेला पा¥यो । र उनको मृत्यु भएको पुष्टी गर्दै प्रहरीसमक्ष बयान दिने एकजना छिमेकीलाई गिरफ्तार ग¥यो । छिमेकीको बयानका आधारमा बीमा दाबी जाँचकर्ताहरुको टोलीले प्रहरीको सहयोगमा बागचौरेसहित अन्य चारजनालाई पक्राउ गरेको छ ।

बागचौरेले यसअघि सन् २०१७ मा पनि आफ्नो जीवित श्रीमतिको निधन भएको भन्दै अमेरिकी जीवन बीमा कम्पनीसमक्ष बीमा रकम दाबी गरेका थिए । बागचौरेको यस्तो पृष्ठभूमीका कारण अमेरिकी कम्पनीले बीमावापतको ठूलो रकम दाबी परेपछि अनुसन्धान टोलीलाई भारतमा खटाएको थियो । महाराष्ट्र प्रहरीका अनुसार सपेरासँग कोबरा जातको विषालु सर्प किनेर बागचौरेले छिमेकीको सहयोगमा आफ्ना अर्का एकजना ५० वर्षिय छिमेकीलाई बिषालु सर्पले टोकाएर हत्या गरेका हुन् । बागचौरेले यो हत्यामा सघाउने अन्य चारजनाको समूहलाई ५६ लाख रुपैयाँ नजराना दिने आश्वासन दिएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS