काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले बोर्डबाट शत प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति पाएको हो ।
बैंकले १ बराबर १ को अनुपातमा हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात् १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्काशनका लागि बोर्डबाट अनुमति पाएको छ ।
हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । बैंकले बोर्डबाट आज मंसिर ३ गते अनुमति पाएको हो ।
गत माघ १६ गते सम्पन्न बार्षिक साधारणसभमा बैंकले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको थियो ।