Connect IPS
IME Life

एशियन लाइफद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको महेन्द्रनगर शाखा अन्तर्गतको उप शाखा झलारी कार्यालयले मृतकको परिवारलाई दाबी भुक्तानी दिएको छ । कम्पनीले कञ्चनपुर जिल्लाको शुल्लाफाटा नगरपालिका १२ कालागौडी निवासी स्व. मथुरा कार्कीको परिवारलाई दाबी रकम हस्तान्तरण गरेको हो ।

उनको जंगली हात्तिको आक्रमनबाट मृत्यु भएको थियो । बीमा दाबी वापतको २ लाख ४९ हजार ५०३ रुपैयाँ उनको छोरा गणेश बहादुर कार्कीलाई हस्तान्तरण गरेको जनाएको छ ।

Prabhu
Crest

उनले २०६७ सालमा १ लाख रुपैयाँ बीमाङकको बीमा गरेका थिए । उक्त रकम स्थानीय वासीको उपस्थितीमा  क्षेत्रिय उप प्रमुख जयानन्द भट्ट, उप शाखा प्रमुख केशवराज पन्त, एजेन्सी म्यानेजर अम्वादत्त जोशी, वार्ड नं.१२ का वडा अध्यक्ष बली राना र झलारी उप शाखामा कार्यरत कर्मचारी चुडामणी पन्तले हस्तान्तरण गरेका हुन् ।

मृतक कार्कीका छोराले कम्पनीले मृत्यु दाबी भुक्तानी समयमा नै उपलब्ध गराई परिवारलाई राहात दिएकोमा कम्पनीलाई धन्यवाद दिए ।

कार्यक्रममा कम्पनीका क्षेत्रीय उप प्रमुख जयानन्द भट्टले बीमा बचत र सुरक्षा मात्र नभई कम्पनीप्रतिको विश्वास पनि हो र यस विश्वासलाई अझ मजबुद बनाउनका लागि सफल भएको बताए

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS