काठमाडौं । गरिमा विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले निष्काशन गर्ने कुल १० लाख कित्ता ऋणपत्रमध्ये कम्पनीले ४ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने ६ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्ने जनाएको छ ।
कम्पनीले वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा आगामी सात वर्ष सम्मका लागि गरिमा डिबेञ्चर २०८५ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
उक्त ऋणपत्र निष्काशन गर्नका लागि कम्पनीले इक्रा नेपालमा रेटिङ गराइसकेको छ । इक्रा रेटिङले उक्त ऋणपत्रलाई इक्राएनपी इस्युआर ट्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ ।