IME Life New

बर्दघाट नगरपालिकामा समिति, पालिकाले कर्मचारी तथा जनप्रतिनिधिको दश लाखको सामुहिक दुर्घटना बीमा गर्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । समितिले यहि मंसिर एक गते बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले स्थानीय तह सँग बीमा सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको हो ।

नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समितिका उप निर्देशक लक्ष्मी ढकालको सभापतित्व कार्यक्रम सम्पन्न भएको छ । बीमा समितिका उप निर्देशक निशा घिमिरेले बीमा सम्बन्धी प्रस्तुतीकरण दिएकी थिइन् । त्यस्तै सहायक निर्देशक शम्भु प्रसाद मिश्रले कार्यक्रम सञ्चालन गर्नुका साथै कार्यक्रमको अवधारणको विषयमा प्रष्ट पारेका थिए ।

Esewa
Crest

उक्त कार्यक्रममा उप प्रमुख, माया देवी पौडेल लगायत वडा अध्यक्ष तथा सदस्यहरु, स्थानीय, कृषकहरुको उपस्थिति थियो । जसमा कृषकहरुको विभिन्न समुहहरु मौरी पालक किसान, कुखुरा पालन, माछा पालन, गाई पालन, केरा खेती लगायतका अगुवा कृषकहरु थिए । कार्यक्रममा  शिक्षक, पत्रकार, बीमा कम्पनीहरुको शाखा प्रमुख सहित ११५ जना भन्दा धेरैको सहभागिता थियो ।

कार्यक्रममा मौरी पालक किसान, बाख्रा पालक, केरा खेतीका अगुवा कृषकहरुले हालको बीमालेखमा परिमार्जन गरी थप सुविधा दिनुपर्ने कुरामा जोड दिएका थिए । बिशेष गरी बाली तथा पशुपंक्षी बीमामा आवश्यक पर्ने दक्ष कर्मचारी तथा प्राविधिक अपर्याप्त भएको गुनासाहरु आएको थियो ।

उक्त कार्यक्रममा नगर पालिकाका उपप्रमुखले बीमा समिति बर्दघाटमा पहिलो पटक आएर बीमा सम्बन्धी जनचेतना अभिबृद्धि कार्यक्रम संचालन गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन ।

साथै उक्त कार्यकमका प्रमुख अतिथि बर्दघाट नगरपालिकाका नगर प्रमुख, धिरज शर्मा बस्यालबाट बीमा समितिले बाली तथा पशुपंक्षी बीमा गर्न बीमा कम्पनी तोक्दा जिल्ला भित्र रहेका सम्पूर्ण इच्छुक किसानहरुलाई तोकिएका बीमा कम्पनीहरुले द्रुत गतिमा बीमा सेवा पुग्ने गरी कार्य गर्नका लागि प्राविधिक सहितको पर्याप्त दक्ष जनशक्ति  भएको कार्यालय संचालन गनुपर्ने अन्यथा तोकिएको कम्पनी माथि पुनर्बिचार गर्न बीमा समितिलाई अनुरोध गरेका थिए ।

किसानहरुले बीमाका कर्मचारीहरुलाई थप दक्ष बनाउनका लागि जोड दिएका थिए । जीवन बीमा अभिकर्ता सरह निर्जीवन बीमामा समेत घर घरमा बीमा अभिकर्ता तथा बीमा कम्पनीका कर्मचारी पुग्ने बातावरण निर्माण गर्न तथा बीमा दावी भुक्तानी छिटो छरितो तथा सहज बनाएर मात्र बीमाको पहुँच बिस्तार हुने कुरामा जोड दिएका थिए ।

त्यसैगरी नगरपालिकाले आफ्ना कर्मचारी, खेलाडी, पत्रकार तथा जनप्रतिनिधिहरुको दश लाखको सामुहिक दुर्घटना बीमा गरी बीमालाई संस्थागत रुपमा शुरु गरी सकेको उदघोष समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS